०५ साउन २०८३, मंगलबार

सीके राउतको जनमत पार्टीले जित्यो सप्तरीको बलान-बिहुल गाउँपालिका

सीके राउतको जनमत पार्टीले जित्यो सप्तरीको बलान-बिहुल गाउँपालिका

सप्तरीको बलान-बिहुल गाउँपालिका अध्यक्षमा जनमत पार्टीले जीत हात पारेको छ ।

बलान–बिहुल गाउँपालिकाको अध्यक्षमा जनमत पार्टीका खेमचन्द्र यादव निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अरुणकुमार गोइत यादवलाई २१ मतको अन्तरले पराजित गर्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ हजार ८५३ मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार गोइतले १ हजार ८३२ मत प्राप्त गरेका छन् ।

उक्त गाउँपालिकाको उपाध्यक्ष पनि जनमत पार्टीले नै जितेको छ । जनमत पार्टीकी रेणु यादव उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

रेणुले १ हजार ६०६ मत ल्याएर निर्वाचित भएकी हुन्  ।

 उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रीताकुमारी यादवले १ हजार ५८४ मत प्राप्त गरेकी छन् ।

यसअघि जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरसमेत जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्