२९ असार २०८३, सोमबार

यी माओवादी उम्मेदवार, जसले परिवारकै मत पाएनन्, ल्याए १ भोट

यी माओवादी उम्मेदवार, जसले परिवारकै मत पाएनन्, ल्याए १ भोट

रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) नगरपालिका वडा नम्बर १० मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामचन्दर कोइरीले १ मत मात्र पाएका छन् ।

सिद्धार्थनगर वडा नम्बर १० मा नेकपा एमालेका उम्मेदवार सुर्जमन अहिर (यादव) १००१ मतसहित विजयी हुँदा कोइरीले १ मत मात्र ल्याउन सके । अहिरका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयनाथ धोबीले ७२१ मत प्राप्त गरेका छन् । 

कोइरीले आफ्ना पारिवारिक मत पनि ल्याउन सकेनन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चन्द्रशेखरप्रसाद पाण्डेले ६५ र जनमत पार्टीका इन्द्रकेश लोहारले २१ मत प्राप्त गरेका छन् । 

२०७४ स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर–१० को अध्यक्षमा कांग्रेसका विजयनाथ धोबी निर्वाचित भएका थिए । 

सिद्धार्थनगर नगर प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि वडा तहमा दलहरू एकल–एकल प्रतिस्पर्धा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्