
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले शुरूआती अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार जोशीले १३१६ मत पाएका छन् । निकटतम कांग्रेसका वैकुण्ठ न्यौपानेले ८६१ मत ल्याएका छन् ।
चुनावको दिन वैशाख ३० गते उनीमाथि आक्रमण भएको थियो । आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणपछि स्थगित मतदान जेठ ४ गते भएको थियो ।