माघ १५, २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सूचनाको हकसम्बन्धी कानुनलाई सरकारले कमजोर पारेको आरोप लगाएका छन्। आइतबार सामाजिक सन्जालमार्फत नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर प...
चुनाव जितिसकेपछि एउटा उम्मेदवारले के गर्ला ? पक्कै पनि आफ्ना समर्थकहरूमाझ खुशी साट्छ, विजय जुलुस गर्छ ।
तर, हेटौंडामा भने विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई काँधमा बोकेर विजय जुलुस गरेका छन् ।
हेटौंडा–५ मा विजयी भएका एमालेका सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी कांग्रेसका ह्यग्रीव आचार्यबाट आशीर्वाद लिँदै काँधमा राखेर विजय जुलुस गरेका हुन् ।
वास्तवमा यी दुई गुरुचेला हुन् । घिमिरेका शिक्षक हुन् आचार्य ।
बालज्योति माविमा प्राथमिक तहमा घिमिरेलाई उनै आचार्यले पढाएका थिए ।
आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले सौहार्दपूर्ण प्रस्तुत गरेका थिए । चुनावी अभियानका क्रममा घरदैलोमा आउँदा सुशीलले आफ्ना गुरुलाई दही सगुन खुवाएर शुभकामना दिएका थिए ।
ह्यग्रीव आचार्यको उम्मेदवारी घोषणाभन्दा अगाडि नै सुशील वडाध्यक्षको उम्मेदवार निश्चित भइसकेका थिए । आफ्नै चेलासँग प्रतिस्पर्धा गर्नुपर्दा आचार्यले असहज महसुस गरे पनि आफूहरूबीच सौहार्द वातावरण हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका सुशीलले देशका लागि पदक जितेर केही वर्ष वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि सुशीलले वडामा सामाजिक सेवाका काम गर्दै आएका थिए ।
सुशीलकै अग्रसरतामा बहुउद्देश्यीय कभर्डहलदेखि पिप्ले क्याम्पा रंगशालासमेत निर्माण भएपछि नेकपा एमालेले हेटौंडा वडा नम्बर ५ मा उनको नेतृत्वमा सदस्यहरू ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाल, भगवती बिकको प्यानल बनाएको थियो ।
आइतवास सार्वजनिक अन्तिम मतपरिणाममा घिमिरेले २५३० मत पाए भने आचार्यले १३९० मत पाए । शिष्यले गुरूलाई ११४० मतान्तरमा जिते ।
वडाध्यक्षमा विजयी भएपछि विजय र्याली हेटौडा–२ स्थित सिद्धार्थ माविमा भएको मतगणनास्थलबाट निस्क्यो ।
मतगणना स्थलबाट सानपोखरा हुँदै पिप्लेमा रहेको गुरू आचार्यको घरमा पुगेर एकछिन रोकियो । आफ्नो घरमा घिमिरेलाई आचार्यले टीका लगाउँदै सफल कार्यकालको शुभकामना दिए ।
गुरु आचार्य शुभकामना दिँदै भने, ‘सुशील मेरो चेला हो, उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ, म ढुक्क छु ।’
उनले आफूलाई उछिनेर आफ्नै चेला विजयी भएकोमा पनि खुशी व्यक्त गरे । लगत्तै सुशीलले गुरुलाई काँधमा बोके ।
चेलाप्रतिको माया र गुरुप्रतिको सम्मान देखेर विजय जुलुसमा आएका कार्यकर्ताले पर्रर ताली पिटे, हुटिङसमेत गरे ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सूचनाको हकसम्बन्धी कानुनलाई सरकारले कमजोर पारेको आरोप लगाएका छन्। आइतबार सामाजिक सन्जालमार्फत नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर प...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नुभएको बताएका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन्। कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको छ। आजै...
रवि लामिछाने फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन्। पार्टीलाई उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको हो। आज (आइतबार) जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका थिए। आजै उनल...
नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उ...
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानेले नागरिकता पाएका छन्। आज बिहान लामिछाने नागरिकता पुनः प्राप्तिका लागि सीडीओ कार्यालय पुगेका थिए। जिल्ला प्रशासन कार्यालयबाट बाहिरिने क्रममा उनले कुनै अभव्...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...