
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मत गणना अपडेटअनुसार दाहालले २१ हजार ४२४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १८ हजार २३० मत पाएका छन् ।
सुवेदीसँग दाहालले ३ हजार १९४ मतान्तरर कायम राखेकी छन् ।
मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार १९ मत पाएका छन् ।