२३ असार २०८३, मंगलबार

सामुदायिक विद्यालयका शिक्षकहरूको पोशाक परिवर्तन, यस्तो छ ड्रेस कोड

सामुदायिक विद्यालयका शिक्षकहरूको पोशाक परिवर्तन, यस्तो छ ड्रेस कोड

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पोशाक परिवर्तन भएको छ।

महिला तथा पुरुष शिक्षकहरूको लागि गाढा खैरो रंगको सुट (कोट,पेन्ट), हल्का निलो रंगको कमिज (शर्ट), गाढा खैरो रंगको ज्याकेट, कलेजी रंगको स्वेटर, कालो जुत्ता सहितको ड्रेस कोड तय गरिएको छ। 

महिला शिक्षकको लागि साडी, ब्लाउज, कुर्ता सुरुवालमा भने परिवर्तन गरिएको छैन।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको ड्रेस कोड लागू गर्न जेठ ६ गते निर्णय गरेको हो। 

उक्त निर्णय कार्यान्वयनका लागि सबै शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहहरूलाई परिपत्र समेत गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्