असार १६, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जीत नजिक पुगेका छन् ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् ।
अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।
प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् ।
प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् ।
उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।
प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका हुन् ।
हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् ।
यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ ।
महानगरपालिकामा जीत नजिक पुगेकी दाहाल यसअघिको महानगरको प्रमुख थिइन् ।
उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन् । उनलाई राप्रपाको साथ रहेको छ । रासस
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ । गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– ०००० सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसल...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह नि...
पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...