×

NMB BANK
NIC ASIA

११ प्रयासमा पहिलोपटक हारेका नरसिंह

बालेनका 'राजनीतिक गुरू' व्यञ्जनकार– 'नेवारले समेत नबुझेका देउता उसले बुझेर आएको रहेछ'

जेठ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कहिले स्वतन्त्र त कहिले दलबाट उठेर लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ललितपुरका ८१ वर्षीय नरसिंह व्यञ्जनकार आफ्नो ११ औं प्रयासमा असफल भए ।

Sagarmatha Cement
Muktinath Bank

ललितपुर महानगरपालिका वडा नम्बर १० (कुपण्डोल)बाट स्वतन्त्र उम्मेदवार बनेका नरसिंहलाई यसपालि आफ्नै भतिजा रविनमान व्यञ्जनकारले २ सय ८२ मतले पराजित गरे । कांग्रेस उम्मेदवार रविनमानले ८ सय २५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नरसिंह आफूलाई भतिजाले मात्र नभई दलहरू मिलेर हराएको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

'मलाई भतिजाले हराएको होइन, कांग्रेसले हराएको हो । जनताले मलाई हराएका होइनन्, दलहरू मिलेर हराएका हुन्,' व्यञ्जनकारले लोकान्तरसँग भने, 'दलहरूको ५० वर्षदेखिको योजना बल्ल सफल भयो । अब यसको परिणाम केही दिनपछि नै देखिनेछ।'

२०२९ यता उनले पहिलोपटक चुनावमा पराजय व्यहोरेका हुन् । यसबीचमा उनी सधैँ स्वतन्त्र मात्र उठेका भने हैनन् । २०४९ मा कांग्रेसबाट उम्मेदवार बनेर जितेका नरसिंह २०५४ यता स्वतन्त्र रूपमा चुनावमा सहभागी हुँदै आएका थिए ।

यसबीचमा एकपटक उनलाई राजाले मनोनित गरी वडाध्यक्ष बनाएका रहेछन् । अन्तिमपटक २०७४ सालको स्थानीय चुनावमा उनी वडा नम्बर १० बाट वडाध्यक्ष चुनिएका थिए ।

अलि मेहनत गरेको भए यसपालि पनि चुनाव जित्न त्यति सारो समस्या थिएन भनी दाबी गर्ने व्यञ्जनकार अब भने आफ्ना लागि समय दिने सोचमा छन् ।

'यसपटक मैले नै धेरै प्रयास नगरेकाले हारेको हुँ । म पदमा नभए पनि जनताको सेवा भने गरिरहनेछु,' व्यञ्जनकारले भने, 'अब फ्री भएँ । बल्ल मैले आफ्ना लागि समय दिन पाउनेछु ।' 

देशमा व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएकोमा उनी चिन्तित छन् । 'एउटा जग्गा नामसारी गर्न सिधै वडा अध्यक्षले सिफारिश गरिदिए पुग्नेमा एक हजार तिर्नुपर्छ,' उनले भने।

'पहिले स्थापितले सुझाव लिन्थे,यसपालि बालेन आए'

नरसिंह व्यञ्जनकारलाई काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साहको राजनीतिक गुरुका रूपमा पनि प्रचार गरिएको छ ।

व्यञ्जनकार मेयरमा उम्मेदवारी दिनुअघि बालेनले आफूसँग सुझाव लिएको स्वीकार्छन् ।

'बालेन मेयरमा उठ्नुअघि मलाई भेट्न आएका थिए । म मेयरमा उठ्न लागेको भने । मलाई उनको आँट गज्जब लाग्यो,' व्यञ्जनकारले भने, 'उम्मेदवारी दिनुअघि यहाँको नेवार संस्कृति, व्यवहार सबै विषयमा जानकारी लिन सुझाव दिएँ । देवालय, मठमन्दिर, गुठी सबैबारे बुझ्न भनें । नेवारले समेत नबुझेका देउतासमेत बालेनले बुझेर आएका रहेछन् ।'

आफूले देखाएको बाटोमा अगाडि बढेर बालेन काठमाडौंको मेयर चुनिन लागेका बेला नरसिंह खुशी छन् । 'जितेपछि काममा आउने बाधा व्यवधानलाई कसरी समाधान गर्ने भन्ने कुरा पनि सिकाउने छु । यी दलका नेताहरूले सहजै काम गर्न त कहाँ दिन्छन् र,' उनले भने ।

केशव स्थापितलाई पनि उनले पहिले विभिन्न सुझावहरू दिएका रहेछन् । 'केशवलाई पनि पहिल्यैबाट मैले सिकाएको हो, तर ऊ अहिले आफैँ ठूलो मान्छे भएर हिँड्यो,' व्यञ्जनकारले भने ।

व्यञ्जनकार काठमाडौंलाई अस्तव्यस्त बनाउनमा यहीँका नेवारहरूको भूमिका रहेको ठान्छन् ।

'काठमाडौं बिगारेको नेवारले नै हो। पहिले खेतैखेत देखिने स्वयम्भूबाट अहिले घर मात्र देखिन्छ । बाहिरका मान्छे जबरजस्ती काठमाडौंमा आएर बसेका होइनन्, नेवारले नै खेत बेचेर बस्न दिएका हुन् । टुँडिखेलवरिपरिका फूटपाथका व्यापारी कहाँ बस्छन् ? तिनै नेवारकोमा हैन ?' व्यञ्जनकारले भने, 'आफैँ बाहिरको मान्छेलाई काठमाडौं बोलाउने, आफ्नै घरमा भाडामा राख्ने अनि बाहिरका मान्छेले काठमाडौं बिगारे भन्न सुहाउँदैन ।'

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x