
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ ।
सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार १४१ मत पाएकी छन् ।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले २७ हजार २८६ मत ल्याएका छन् ।
सिर्जनासँग बालेनको १८ हजार ८२५ को मतान्तर छ ।