असार १०, २०७९
देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ ।&...
नीति अनुसन्धान प्रतिष्ठानले आज नेपालमा प्रादेशिक विश्वविद्यालयको स्थापनाका लागि आवश्यक न्यूनतम पूर्वाधार, संस्थागत ढाँचा, वित्तीय व्यवस्थापन तथा लगानीका सम्भावित स्रोतहरू सम्बन्धी अध्ययनको नतिजा प्रस्तुतीकरण तथा पृष्ठपोषण कार्यक्रम आयोजना गरेको छ ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेश सचिवहरू, विश्वविद्यालयका रजिस्ट्रार, प्राध्यापक, शिक्षाविद् लगायतको उपस्थिति रहेको थियो ।
डा. उप्रेतीले विश्वविद्यालय जग्गा प्राप्त नगरी सुरु गर्दा समस्या हुन सक्ने र भइराखेका विश्वविद्यालयहरूमा के कमी भएका कारणले नयाँ विश्वविद्यालयको आवश्यकता भएको हो भन्ने कुरा पनि बुझ्न आवश्यक रहेको बताए । साथै नीतिगत स्पष्टता र अन्तरनीति समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरी राज शर्माले अनुसन्धानका नतिजा प्रस्तुत गरेका थिए । उनले प्रादेशिक विश्वविद्यालय संविधान प्रदत्त अधिकार भइसकेपछि खोलिने विश्वविद्यालयहरूलाई कसरी स्रोत साधन सम्पन्न गराई विद्यार्थीले चाहेको जस्तो शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा सोच्न आवश्यक रहेको बताए ।
बागमती प्रदेशमा प्रति क्याम्पस विद्यार्थी सङ्ख्या सबै भन्दा कम भएको र सो सङ्ख्या मधेस प्रदेशमा सबै भन्दा धेरै रहेको, प्राविधिक शिक्षाको उपलब्धता कमजोर रहेको जस्ता चुनौती रहेको तथ्य प्रस्तुत गरेका थिए ।
यसै गरी पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति; राजनैतिक सहमतिको अभाव; नीतिगत समस्या; लगानी रकम अभाव; सञ्चालन ढाँचा वैज्ञानिक नहुनु; नेतृत्व छनोटमा राजनैतिक प्रभाव; शैक्षिक कार्यक्रमहरूको छनोट; उद्यमशील र गरिखाने शिक्षाको अभाव; प्रादेशिक विश्वविद्यालयहरूका विद्यार्थीका लागि छात्रवृत्ति जस्ता समस्या तथा चुनौतीहरू रहेको डा. शर्माले आफ्नो प्रस्तुतिमा बताएका थिए ।
प्रादेशिक विश्वविद्यालयको दायरा के हुने भने बारेमा डा. शर्माले सुझावहरू दिएका थिए भने उनले प्रादेशिक विश्वविद्यालयको स्थापनाका ७ आधारहरू प्रस्ताव गरेका थिए : आवश्यकताका आधार; नक्साङ्कन नीतिको आधार; उद्यमशीलता तथा मानव संसाधन विकासका आधार; क्याम्पसको स्तरोन्नति गर्ने नीतिको आधार; मानक स्तरका आधार; नीति प्रावधान र कार्यान्वयनका आधार; र विश्वविद्यालयको स्थापनामा अन्य पक्षहरू ।
स्थापना हुँदै गरेका विश्वविद्यालयलाई आधार मान्दै गर्दा प्रादेशिक विश्वविद्यालय न्यूनतम ५००-७०० रोपनी जग्गा आवश्यक हुने उहाँको ठम्याई रहेको थियो । कार्यक्रममा उपस्थित सबै विज्ञ सहभागीहरूले आ-आफ्नो धारणा राखेका थिए । प्रदेश विश्वविद्यालय स्थापना गर्न हतार नगरी यसको बहुपक्षीय विश्लेषण गरेर मात्र नेपाल सरकारलाई सुझाव दिन सकिने धेरैजसोको राय थियो ।
प्रदेश नं १ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. पूर्ण कुमार लोक्समले उच्च शिक्षालाई परिवर्तनको संवाहक बनाउन हामीले नयाँ विषय, देशको आवश्यकतामा आधारित शैक्षिक कार्यक्रमहरू बनाई विश्वविद्यालय संचालन गर्नुपर्ने तर्क राखे भने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले नेपालको उच्च शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्याउने चिकित्सा शिक्षालाई पनि प्रादेशिक विश्वविद्यालय निर्माणको एउटा आधारको रूपमा हेर्न सकिने उल्लेख गरे ।
देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ ।&...
शिक्षक सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरेको जनाएको...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त स...
काठमाडौं स्कुल अफ ल विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रिया पूरा गरी प्रत्यायनकृत हुने नेपालको पहिलो कानुन कलेज बनेको छ । नेपालमा उच्च शैक्षिक संस्थाहरूको गुणस्तर मापन गरी गुणस्त...
लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३२६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । आज लुम्बिनीमा विशेष समारोहको आयोजना गरी विद्यावारिधि गरेका १२, स्नातक तह अध्ययन गरेका ३७ र स्नातकोत्तर तह पूरा ग...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...