०४ साउन २०८३, सोमबार

अजोड इन्स्यारेन्सको सीईओमा दोहोरिए कुमार खत्री

अजोड इन्स्यारेन्सको सीईओमा दोहोरिए कुमार खत्री

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: कुमार बहादुर खत्रीलाई नियुक्त भएको छ । 

खत्रीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने कम्पनी बोर्डको निर्णय तथा प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएको छ। समितिले जेठ ९ मा स्वीकृति दिएको हो।

यससँगै उनी अब थप चार वर्षका लागि अजोडको सीईओको भूमिकामा रहने भएका छन्।

कम्पनीको संचालक समितिको १०४ औँ बैठकको खत्रीलाई चार वर्षका लागि दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सो पछि कम्पनीले स्वीकृतिका लागि समितिमा पठाएको थियो।

salt training

कमेन्ट गर्नुहोस्