२९ असार २०८३, सोमबार

उल्फ एयर मास्क अब नेपाली बजारमा

उल्फ एयर मास्क अब नेपाली बजारमा

छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको ​उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । 

कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । 

यो मास्क जर्मन टेक्नोलोजी प्रयोग गरेर “अल अबाउट इनोभेसन” नामक संस्थाले भारतमा बनाएको हो । 

उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रा. लि. ले नेपालको बजारमा ल्याएको कम्पनीले जनाएको छ । 

हावामा रहेको बिकार, किटाणु तथा अशुद्दतालाई ९९.९% नष्ट गरि स्वास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी निर्माण गरिएको बताइएको छ । 

भारत लगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सो रुम, रेस्टुरेन्ट तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुको साथै महामारी रोकथाममा टेवा पुग्‍ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, भित्तामा एयर कन्डिसनर जस्तै गरि राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनि मोनिटरमा हेर्न सकिन्छ ।

 कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरि किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँछ ।

एयर मास्क वान र एयर मास्क मिनी गरि हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिट र ५०० स्क्वायर फिटको लागि डिजाइन गरिएको छ ।

नेपाली बजार अनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको कुरा प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले जानकारी दिए ।  

आइतवार मेरिएट होटलमा आयोजित एक कार्यक्रममा कम्पनीका वैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्यवर्धक र मेडिकल मापदण्ड सहित प्रमाणित रहेको दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्