नेपाल कृषि बजार विकास कार्यक्रम एनएमडीपी दोस्रो चरणको कार्यक्रम ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’ अन्तर्गत ८ ओटा कृषि व्यवसायमा आधारित आइडियाछनौटमा भएका छन् ।
एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम एउटा यस्तो प्लेटफर्म हो, जसले प्रदेश १ का कृषि उद्यमीहरूमा उद्यमशीलताका सिप र सोचाईहरूको विकास गर्ने लक्ष्य लिएको छ ।
उक्त कार्यक्रम मार्फत छनौट भएका ८ आईडियाहरूले व्यवसाय वृद्धि विकास तथा विस्तारिकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच, एग्रि विजनेस सम्बन्धि विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरूको अवसर पाएका थिए र कार्यक्रमको अन्तिम चरणको रुपमा बिराटनगरमा डेमो डे यही जेष्ठ ९ गते आयोजित गरिएको थियो ।
उक्त “डेमो डे” मा कृषि मन्त्रालयका प्रदेश मन्त्री झलक बहादुर मगर, कृषि मन्त्रालयका प्रदेश सचिव मेगनाथ तिमल्सेना, स्वीस सरकार विकास सहयोग एसडीसीका आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल, सहज - नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणको टिम लिडर रिक भेन डर क्याम्प, मोरङ्ग व्यापार संघका अध्यक्ष नविन रिजाल, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. बिजु कुमार थपलिया, आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा गरि विभिन्न प्राज्ञिक व्यक्तित्व, मिडियाकर्मी तथा उद्यमशिलताको क्षेत्रमा काम गरिरहेको विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।
"डेमो डे" मा छनौट भएको ८ कृषि व्यवसाय- शखाबुङ्ग डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रीतिरिवाज आइसक्रिम, कुमारी फूड्स , ग्रीन प्लानेट मिसन, पाकशाला , किसानपिडिया हरूले आफ्नो व्यवसाय विचारहरू प्रस्तुत गर्नुको साथै आफुले बनाएका समानहरू पनि उपस्थित व्यक्तित्वहरूको बीच प्रदर्शन गरे।
यसरी एग्रि विजनेस इन्क्युबेसन प्रोग्राममार्फत सहभागीहरूले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति बनाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न लक्ष्यले अगाडि बढेका छन् ।
विकास तथा सहकार्यका लागि सहज द्वारा सुरु गरिएको परियोजना, आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संगठनको सहकार्यमा सुरु भएको यस कार्यक्रम आफैमा पृथक कार्यक्रम हो ।
यस कार्यक्रमले प्रदेश नम्बर १ मा उद्यमशिलताको सिप र सोचाईको विकास गर्दै स्थानीय संघसंस्थाहरूको उद्यमशिलताको क्षमतालाई समेत बढाउने उद्देश्य लिएको छ ।