×

NMB BANK
NIC ASIA

तयार हुँदै बजेट

बजेटलाई अन्तिम रूप दिँदै अर्थ मन्त्रालय, कर्मचारीको तलब बढ्ला कि वृद्धभत्ता ?

जेठ १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने बजेटलाई अर्थ मन्त्रालयले अन्तिम रूप दिइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार सदनमा प्रस्तुत गर्ने बजेट वक्तव्यलाई आजै अन्तिम रूप दिएर भोलि (शनिवार) छपाइमा पठाइँदैछ ।

Muktinath Bank

आगामी बजेटबारे अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई बिफ्रिङ पनि गरिसकेको छ । बजेटका सबैजसो नीतिगत र भन्सारका दरहरू तय गर्ने काम सकेर बजेटलाई अन्तिम रूप दिने काम भइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी आवका लागि विनियोजन भएको बजेटको सम्पूर्ण खर्च विवरण समेटिएको रातो किताब छापिइसकेको छ भने बजेटको वक्तव्य मात्रै छाप्न बाँकी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

यो वक्तव्य पनि भोलि नै छापिने भएकाले पर्सि आइतवार मन्त्रिपरिषद्बाट स्वीकृति गराउने, राष्ट्रपतिसमक्ष पेश गर्ने र सोही दिन अर्थमन्त्रीले संसद्को दुबै सदनमा पेश गर्ने छन् ।

Vianet communication
Laxmi Bank

यो वर्षको बजेटमा सरकारले कर्मचारीको तलब बढाउने विषयमा गृहकार्य गरेको छ ।

कर्मचारीको तलब सरकारले आगामी १ साउनदेखि बढाउने गृहकार्य गर्न मुख्यसचिव संयोजत्वको एक टोलीलाई जिम्मा दिएको थियो । सोही टोलीले दिएको सुझावका आधारमा बजेटमार्फत तलब बढ्ने बुझाइ अर्थ मन्त्रालयकै कर्मचारीको छ ।

मुख्यसचिवको टोलीले गर्ने सिफारिशभित्रै रहेर आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संसद्मा पेश हुने अर्थकै अधिकारीहरू बताउँछन् । सरकारले यही बजेटबाट कम्तिमा २ हजार रुपैयाँ बढाउने तयारी गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

गत वर्ष २०७८/७९ को बजेटबाट सरकारले कर्मचारीको तलबमा महंगी भत्ता २ हजार रुपैयाँ थप गरेको थियो । यो वर्ष भने तलब नै बढाउने गरी तयारी भइरहेको अर्थ मन्त्रालयको भनाइ छ ।

निजामती कर्मचारी युनियनले पनि अर्थमन्त्रीलाई ५ हजार रुपैयाँसम्म तलब बढाउन माग गरेका थिए । अर्थमन्त्री शर्माले भने खर्चले धान्न सकिने गरी तलब बढाउने र कर्मचारीलाई निराश नबनाउने प्रतिबद्धता दिएकाले पनि यो वर्ष तलब बढ्ने धेरैको बुझाइ छ ।

चालू आवमा मात्रै निजामती कर्मचारीका लागि पारिश्रमिकबापत एक खर्ब एक अब रुपैयाँ खर्च गर्दैछ । चालू आवको बजेटले कर्मचारीको तलब तथा भत्तामा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्दैछ ।

यो वर्ष चुनावी वर्ष भएकाले सरकारले कर्मचारीको तलब नबढाएर वृद्ध भत्ता बढाउने वा ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय पनि गर्न सक्छ । 

चुनावी वर्ष भएकाले कर्मचारीको तलब बढाउनुभन्दा जनअपेक्षा बढाउन र लोकहितमा निर्णय गरेको देखाएर मतदाता प्रभावित पार्न वृद्ध भत्ताबारे निर्णय हुन सक्ने पनि अर्थ मन्त्रालयकै अधिकारीहरू स्वीकार्छन् ।

चुनावी वर्ष भएकाले राजनीतिज्ञले कर्मचारीलाई खुशी बनाउनुभन्दा मतदातालाई रिझाउने विकल्प पनि रोज्न सक्छन् । कर्मचारीलाई तलब बढाउने र वृद्धभत्ता बढाउने वा ६५ वर्षमै वृद्धभत्ता दिँदा भने राज्यकोषलाई भार पर्ने भएकाले एउटा विकल्प मात्रै अपनाउन सकिने अर्थमन्त्रलययकै एक अधिकारीले बताए ।

सामाजिक सुरक्षामा सरकारले चालू आर्थिक वर्षको पुसम्ममा मात्रै ८५ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तो रकम चालू आवको एक वर्षका लागि १ खर्ब ८८ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

सरकारले दिने सामाजिक सुरक्षा भत्तामा पनि विभिन्न ७ वटा लाभान्वित वर्ग छुट्याइएको छ । वृद्ध भत्ता बढाउँदा सबै वर्गको भत्ता बढ्ने गरेको छ ।

यस्तो वर्ग अनुसार ७० वर्ष नाघेको जेष्ठ नागरिकलाई मासिक ४ हजार दिने गरिएको छ । ६० वर्ष नाघेका कर्णालीका र देशभरका दलित र एकल तथा विधवा महिलाका लागि २६ सय ६० रुपैयाँ मासिक दिने गरिएको छ ।

पूर्ण अपाङ्गता भएकाले मासिक ३९ सय ९० रुपैयाँ, अति अशक्त नागरिकले २१ सय २८ रुपैयाँ, लोपोन्मुख आदिवासी/जनजातिले ३९ सय ९० रुपैयाँ पाउने गर्छन् ।

दलित तथा तोकिएको क्षेत्रका बालबालिकालाई पनि सरकारले मासिक ५३२ रुपैयाँ भत्ता दिने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x