×

NMB BANK
NIC ASIA

नेपाल बैंकले सम्पन्न गर्‍यो लुम्बिनी र कर्णाली प्रदेशको बजेट गोष्ठी

जेठ १५, २०७९

NTC
Premier Steels

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली  प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

Muktinath Bank

जेठ ११ गते देखि १३ गतेसम्म पोखरामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४४ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने  लगायतका विषयहरूमा बृहत रुपमा छलफल गरि सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।

Vianet communication

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै  क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको  बिचार व्यक्त गरेका थिए । 

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धक पासाङ दोर्जे शेर्पा, लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुषाल, कर्णाली प्रदेश प्रमुख आश्विन पुडासैनी, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधान कार्यालय बजेट कमिटीका अन्य सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x