×

NMB BANK
NIC ASIA

चिनियाँ मानवअधिकारका विषयमा राष्ट्रसंघले निकाल्यो विज्ञप्ति, आश्चर्यजनक रूपमा सन्तुलित

जेठ १५, २०७९

NTC
तस्वीर स्रोत : AP
Premier Steels

मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् । 

Muktinath Bank

उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहरू परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले चीनमा मानवअधिकारको सवालमा निकै धेरै सुधार आएको उल्लेख गरेकी छन् । गरीबी न्यूनीकरण तथा चरम गरीबीको उन्मूलनलाई उनले व्यापक सफलताका रूपमा चित्रण गरेकी छन् । 


Advertisment
Nabil box
Kumari

चीनको उदयलाई रोक्नका लागि अमेरिकाले गरेको व्यापक प्रयास प्रतिबिम्बित हुने गरी मिडियामा चीनको दानवीकरण गर्ने गरिएको सन्दर्भमा राष्ट्रसंघको यो विज्ञप्ति इमान्दार छ । चीनले ८० करोडभन्दा बढी मानिसलाई गरीबीबाट उकासेको विषयलाई यसले क्रेडिट दिएको छ । 

Vianet communication

बाचेलेले अन्य विषयमा पनि चीनको प्रशंसा गरेकी छन् । सर्वसुलभ स्वास्थ्य सेवा, सबैका लागि बेरोजगारी भत्ता, तथा दिगो विकास लक्ष्य तथा बहुपक्षीय २०३० एजेन्डामा सहयोगका लागि चीनले गरेको प्रयासलाई बाचेलेले प्रशंसा गरेकी हुन् । 

त्यस्तै महिलाको अधिकार र हित संरक्षणसम्बन्धी कानूनमा सुधार, देवानी संहिताको सुधार गरी यौन दुर्व्यवहारविरुद्धका प्रावधान समावेश गर्ने काम, महिला तथा बालबालिकाको संरक्षणका लागि घरेलु हिंसाविरुद्धको कानूनमा पीडकलाई रोक लगाउने व्यवस्थालाई पनि बाचेलेले उच्च मूल्यांकन गरेकी छन् ।

जबर्जस्ती श्रमविरुद्ध अन्तर्राष्ट्रिय श्रम संगठनका दुईवटा महासन्धिमा चीन हालैका दिनमा पक्षराष्ट्र बनेको कुरालाई पनि बाचेलेले स्वागत गरेकी छन् । 

यो समेत गरी चीनले श्रमसमबन्धी २८ वटा महासन्धिमा हस्ताक्षर गरेको छ जबकि अमेरिका जम्मा १४ वटाको पक्षराष्ट्र छ ।

बाचेलेले सिन्च्याङका विषयमा पनि लामै चर्चा गरेकी छन् । 

चीन भ्रमणका क्रममा उनी काशगार कारागार, काशगार परीक्षण विद्यालय र व्यावसायिक शिक्षा तथा तालिम केन्द्र समेत पुगेकी थिइन् । ती तालिम केन्द्रहरूलाई पश्चिमी सञ्चारमाध्यमहरूले पुनःशिक्षा शिविर भन्ने गरेका छन् र चीनले त्यहाँ वीगर मुसलमानहरूलाई थुनेर यातना दिँदै राख्ने गरेको आरोप लगाउने गरेका छन् । 

काशगार सिन्च्याङ प्रान्तको महत्त्वपूर्ण शहर हो । सन् २००९ देखि २०१२ सम्म त्यहाँ दंगा भएका थिए । त्यसमा परी सयौं हान चिनियाँहरू मारिएका थिए । उक्त क्षेत्रमा तनाव बढ्न थालेको त्यही बेलादेखि हो । 

व्यावसायिक तालिम केन्द्रहरूलाई बाचेलेले आतंकवाद तथा अतिवादको प्रतिकार गर्ने चिनियाँ नीतिको कार्यान्वयनको संज्ञा दिएकी छन् । 

यसो भनेर उनले व्यावसायिक तालिम चलाउनका लागि चीनले गरेको तर्कलाई अनुमोदन गरेकी छन् । 

अनुमोदन गर्नु भनेको त्यसको प्रशंसा गर्नु चाहिँ हैन । यस कार्यक्रमको सञ्चालनमा स्वतन्त्र न्यायिक सुपरीवेक्षणको अभाव तथा हिंस्रक अतिवाद के हो भन्ने सुनिश्चित गर्न कानून कार्यान्वयन अधिकारीहरू निर्भर रहेका १५ इन्डिकेटरहरूका विषयमा उनले चिन्ता व्यक्त गरेकी छन् । 

त्यस्तै तालिम केन्द्रहरूमा बलप्रयोग तथा दुर्व्यवहारको आरोप र वैध धार्मिक क्रियाकलापमा लगाइएको कठोर नियन्त्रणका आरोपप्रति पनि उनको चिन्ता छ ।

त्यसबाहेक उनले विदेशमा रहेका केही वीगर परिवारले आफ्ना प्रियजनसँग सम्पर्क गुमाउन परेकोमा चिन्ता व्यक्त गरेकी छन् । निजी निवासमा गरिएको निगरानी स्वेच्छाचारी थुनाको हदमा पुग्ने पनि उनको भनाइ छ ।

व्यावसायिक शिक्षा तथा तालिम प्रणालीलाई भंग गरिसकिएको भनी आफूलाई चीन सरकारले आश्वस्त तुल्याएको बाचेलेले लेखेकी छन् । चीन सरकारले केही वर्षदेखि यो कुरा दोहोर्‍याउँदै आएको छ ।

बाचेलेको विज्ञप्तिमा नरसंहार भन्ने शब्द परेको छैन । अमेरिकाका पूर्व परराष्ट्रमन्त्री माइक पम्पेओले पहिलोपटक यसको उपयोग गरेका थिए र बहालवाला परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले पनि त्यसैलाई दोहोर्‍याउने गरेका छन् । 

त्यो शब्द विज्ञप्तिमा नपर्नु भनेको त्यो आरोप झूटो हो भन्नु हो । 

राष्ट्रसंघको मानवअधिकार कार्यालय तथा चीनबीचको सहकार्यका विषयमा बाचेलेले आशा व्यक्त गरेकी छन् । दुवै पक्षले नियमित सम्पर्क स्थापना गर्ने विषयमा सहमति जनाएको तथा उल्लेख्य आदानप्रदान र सहकार्यका लागि कार्यदल बनाउने विषयमा पनि सहमति भएको छ ।

समग्रमा भन्दा बाचेलेको निष्कर्ष सन्तुलित छ । पश्चिमी अधिकारीहरूले चीनका विषयमा बोल्ने कुरा यत्तिको सन्तुलित हुने गर्दैन । चीनका बारेमा नकारात्मक अतिशयोक्ति पश्चिमाहरूको चरित्र बन्दै गएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x