०५ साउन २०८३, मंगलबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्वीलचेयर सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्वीलचेयर सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जलाई एक सय वटा ह्वील चेयर सहयोग गरेको छ । 

सोमबार एक कार्यक्रमका बीच इन्स्योरेन्सले अस्पताललाई ह्वीलचेयर हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वीलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताए । 

उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे । 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद ज्ञापन गरे ।
 

कमेन्ट गर्नुहोस्