०८ साउन २०८३, शुक्रबार

पाण्डेको उपन्यास ‘सइन’माथि अन्तर्क्रिया

पाण्डेको उपन्यास ‘सइन’माथि अन्तर्क्रिया

साहित्यकार यात्री प्रकाश पाण्डेद्वारा लिखित उपन्यास ‘सइन’माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।     

सशस्त्र द्वन्दकालको घटनाको प्रतिबिम्बहरूलाई समेटेर तयार पारिएको यस उपन्यासको शनिवार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान नेपालमा अन्तर्क्रिया गरिएको हो ।

उपन्यास कोरोना कहरका बीचमा बजारमा आएको भएपनि विमोचन हुन सकेको थिएन । विमोचनबिनै बजारमा आएको यो पुस्तकमाथि औपचारिक अन्तर्क्रिया शनिवार गरिएको हो ।

कार्यक्रममा आख्यानकार एवं लेखक नयनराज पाण्डे र उपन्यासकार एवं आख्यानकार निलम कार्की निहारिका लगायतले पुस्तकमाथि धारणा राखेका थिए ।  

उपन्यासलाई साँग्रीला पब्लिकेशनले बजारमा ल्याएको हो ।

संस्करण सकिएकोले दोस्रो संस्करण प्रकाशनका लागि लेखकलाई पाठकीय प्रतिक्रिया र समालोचकीय पृष्ठपोषणको जरुरत पर्ने भएकाले अन्तक्र्रिया कार्यक्रम राखिएको पब्लिकेशनले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्