०३ साउन २०८३, आइतबार

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो नयाँ शोरुम भैरहवाको पद्सारी स्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रा.लि.को उद्घाटनबाट शुरू गरेको छ ।

टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले आफ्नो ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको भैरहवामा उद्घाटनबाट शुरू गरेको हो । 

टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रा.लि. को प्रतिबद्धता अनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको हो ।

टाटा मोटर्स शोरुम कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ । 

टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ ।

विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र एम्रल्ड मोटर्सका अध्यक्ष श्री योगेश घिमिरेले गरे ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्