मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
जेठ ३०, २०७९
रुसविरुद्ध युक्रेनलाई उचालेको अमेरिकाले युद्धमा युक्रेनको हार हुन लागेको अनुभव गरेपछि दोषारोपणको सिलसिला शुरू गरेको छ ।
अमेरिकाको बाइडन प्रशासनले गुप्तचर निकायहरूबाट सही सूचना नआएको भन्दै असफलताको दोष थोपरेको विषयमा पंक्तिकारले अघिल्लो लेखमा चर्चा गरिसकेको छ ।
पढ्नुहोस्, यो पनि :
त्यसभन्दा एक कदम अघि बढेर राष्ट्रपति जो बाइडनले युद्धमा बेहोर्नुपरेको विफलताको दोष युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीमाथि थुपारेका छन् ।
गत शुक्रवार (१० जुनमा) क्यालिफोर्नियाको लस एन्जलसमा आयोजित उत्तर तथा दक्षिण अमेरिकी मुलुकहरूको शिखर सम्मेलन सम्मिट अफ दी अमेरिकाजको साइडलाइनमा दाताहरूसँगको बैठकमा बाइडनले उक्त दोषारोपण गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्दैछ भनी अमेरिकाले लगातार दिएको चेतावनीलाई जेलेन्स्कीले बेवास्ता गरेको बाइडनले बताए । जेलेन्स्की लगायत धेरैजनाले आफूलाई अतिरञ्जना गरिरहेको आरोप लगाएको भए पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्न लागेको प्रमाण आफूसँग त्यतिबेला उपलब्ध रहेको बाइडनको भनाइ छ ।
सम्भावित आक्रमणको विषयमा आफूलाई कुनै शंका नरहेको तर जेलेन्स्कीले आफ्नो कुरै सुन्न नचाहेको बाइडनले गुनासो गरे ।
जेलेन्स्कीका सल्लाहकारहरूले बाइडनको यस आरोपको प्रतिवाद गरेका छन् । मिखाइल पोदोल्याकले युक्रेनी अन्लाइन न्युज पोर्टल लिगा डट् नेटसँग कुरा गर्दै बाइडनले झूटो बोलेको र युक्रेनलाई सम्भावित रुसी आक्रमणको जानकारी रहेको दाबी गरे ।
जेलेन्स्कीका प्रवक्ता सर्गे निकिफोरोभले पनि बाइडनको आरोपको खण्डन गर्दै राष्ट्रपति जेलेन्स्कीले गुप्तचर सूचनाको विश्लेषण गर्दै रुसलाई आक्रमणबाट निरुत्साहित पार्नका लागि रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाउन पश्चिमी साझेदारहरूलाई अनुरोध गरेको बताए ।
तर रुसी आक्रमण हुनुअघिको समयमा युक्रेनका शीर्ष अधिकारीहरूले अमेरिकाको चेतावनीका कारण युक्रेनीहरूमाझ डरको स्थिति रहेको भनी आलोचना गरेका थिए । त्यतिखेर जेलेन्स्की आफैंले पनि बाइडनलाई फोन गरेर आक्रमणको डर देखाउने सन्देश प्रवाह नगर्न आग्रह गरेका थिए ।
हुन त युक्रेनीहरूलाई अमेरिकाको सन्देशमा शंका लाग्नु स्वाभाविक नै थियो किनकि त्यसअघि अमेरिकी गुप्तचर निकायले गोप्य आकलनहरू सार्वजनिक गर्ने गरेको थिएन । कुनै देशमाथि आक्रमण हुन लागेको छ भने त्यस देशका शीर्ष अधिकारीहरूलाई गोप्य रूपमा अमेरिकाले सतर्क गराउने गरेको थियो ।
तर फेब्रुअरी २४ अघि अमेरिकाले खुलमखुला दिनकादिन चेतावनी दिँदा रुसविशेषज्ञ भनिनेहरूले पनि त्यसलाई पत्याएका थिएनन् । रुसले पश्चिमलाई तर्साउनका लागि मात्र युक्रेन सीमानजिक सेना तैनाथी गरेको उनीहरूको आकलन थियो । रुस आफैंले पनि आफ्नो भूमिमा सैनिक तैनाथी गर्नु अधिकारको कुरा भएको र यो कसैप्रति लक्षित नरहेको बताएको थियो ।
तर अमेरिकालाई युक्रेनमाथि रुसी आक्रमण हुँदैछ भन्ने पक्का थाहा थियो । कहाँसम्म भने बाइडनले गोप्य सूचना सार्वजनिक गर्ने दुर्लभ निर्णय लिएका थिए ।
बिजनेस इन्साइडर पत्रिकाले गत साता प्रकाशित गरेको खबरमा उल्लेख गरिएअनुसार, गुप्तचर संस्था नेसनल इन्टेलिजेन्सकी निर्देशक एभ्रिल हाइन्सले अमेरिकी साझेदारहरूलाई रुसी आक्रमणका विषयमा विश्वस्त पार्नका लागि गुप्तचर सूचना उपलब्ध गराएको स्वीकार गरिन् । राष्ट्रपति बाइडनले नै सूचना ‘डिक्लासिफाई’ गर्नका लागि अनुमति दिएको उनको भनाइ छ ।
त्यसो त त्यतिखेर रुसले युक्रेनमाथि आक्रमण गर्दैछ भन्ने हौवा फैलाउनु अमेरिकाको रणनीतिक चाल भएको कतिपय विश्लेषकहरू बताउँछन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त आक्रमण नगरेको भए अमेरिका र नेटोको डरले गर्दा नगरेको भन्ने भाष्य खडा गरी रुसको बेइज्जती गर्न अमेरिका तम्तयार थियो । त्यसैलाई आधार बनाएर रुसको सत्तापरिवर्तनका लागि अस्थिरता मच्चाउन सकिने दाउ अमेरिकाले खेलेको थियो ।
हुन त रुसले राखेको मागबमोजिम युक्रेनले आफू नेटोमा नजोडिइकन तटस्थ बस्ने प्रतिबद्धता व्यक्त गरेको भए शायद रुसी आक्रमण हुने थिएन । पश्चिमका कतिपय अधिकारीहरू युद्ध नचर्कोस् भन्नका लागि युक्रेनलाई तटस्थ रहन फकाइरहेका पनि थिए ।
तर अमेरिकाले नै जेलेन्स्कीलाई युक्रेन नेटोमा जसरी भए पनि जोडिन्छ भनी अड्डी कस्न लगाएको थियो । यसको खुलासा जेलेन्स्की आफैंले गरेका हुन् ।
मार्च २० मासीएनएनका फरीद जकारियासँगको एक अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनको नेटो सदस्यताका विषयमा अडान कायम राख्न नेटो नेतृत्वले आफूलाई दबाब दिएको बताएका थिए । त्यही अन्तर्वार्तामा उनले आफूलाई नेटोका अधिकारीहरूले युक्रेनलाई नेटोको सदस्य कहिले पनि नबनाइने भनेको पनि स्वीकार गरेका थिए ।
अर्थात्, रुसले युक्रेनमाथि आक्रमण गरोस् भन्ने नै अमेरिकाको चाहना थियो । अमेरिका र पश्चिमले युक्रेनमाथि रुसको आक्रमणलाई ‘अकारण तथा नाजायज’ (अनप्रोभोक्ड यान्ड अनजस्टिफाइड) भन्नु ढोंगको विकृत उदाहरण हो भन्न सकिन्छ ।
युक्रेनलाई उचाल्नुसम्म उचालेर रुसी आक्रमणको बाटो खोलेको अमेरिकाले युक्रेनी युद्धमा रुस लामो समयसम्म फसेर कमजोर बन्ने सपना देखेको थियो । युद्धको बहानामा रुसमाथि आर्थिक प्रतिबन्ध लगाएर उसको अर्थतन्त्र धराशायी बनाइदिने पनि अमेरिकाको उत्कट चाहना थियो । यसरी रुस कमजोर बनेमा बाध्य भएर आफूसँग जोडिन आउनेछ अनि चीनविरुद्धको शीतयुद्धमा ध्यान केन्द्रित गर्न पाइनेछ भन्ने अमेरिकाको रणनीति रहेको बुझिन्छ ।
तर शुरूमा रुसले धेरै क्षति बेहोरेको भए पनि युद्ध अघि बढ्दै जाँदा अहिले जीतको संघारमा पुगेको छ । यसक्रममा रुसी अर्थतन्त्र साबुतै छ अनि रुसी मुद्रा रुबल त झन् बलियो भएको छ ।
अब यस हारलाई कसरी संसारसामु प्रस्तुत गर्ने भनी अमेरिकाले विभिन्न बहाना खोज्न थालेको देखिन्छ । त्यसक्रममा बाइडनले जेलेन्स्कीमाथि दोष थोपरेर अमेरिकालाई चोख्याउन खोजेको प्रतीत हुन्छ ।
त्यसो त रुसविरुद्ध उभिनका लागि युक्रेनलाई भड्काएको अमेरिकाले अहिले पनि युद्ध लम्ब्याउन प्रयास जारी राखेको छ । कुनै हालतमा रुससँग कुनै पनि किसिमको सम्झौता गर्न नहुने भनी अमेरिका, बेलायत तथा अन्य मुलुकहरूले थप युक्रेनी सैनिक तथा सर्वसाधारणलाई युद्धको बलिवेदीमा चढाउन भरपूर कोशिश गरिरहेका छन् ।
तर युक्रेनीहरू आफैंमा युद्ध लड्ने जाँगर बिस्तारै मर्दै गएको देखिन्छ । डोनबास क्षेत्रमा लगातार युद्ध हार्दै जाँदा देशको आर्थिक संकटले पनि युक्रेनीहरूको जोश मार्दै लगेको छ ।
रुसलाई पराजित गरेको कुनै क्षेत्रको उदाहरण दिन नपाउँदा युक्रेनीहरूको जोश मरेको हो । युक्रेनका केही सैन्य इकाइहरूले डोनेत्सक शहरमा केही रुसी टुकडी र सर्वसाधारणमाथि आर्टिलरी प्रहार गरिरहेका त छन् तर त्यस्ता एकाध आक्रमणले युद्धको दिशा बदल्दैन भन्ने कुरा उनीहरूलाई थाहा छ । त्यसमाथि आफ्नो २० प्रतिशत भूमि गुमाउनुपरेको पीडाले युक्रेनीहरूलाई स्तब्ध बनाएको छ ।
पश्चिमले दिने भारी हातहतियारले युद्ध आफ्नो पक्षमा आइपुग्छ भन्ने युक्रेनी अधिकारीहरूको अतिशयोक्तिलाई पनि युक्रेनी जनताले पत्याउन छोडेका छन् ।
पश्चिमी सहयोगले युद्धको दिशा बदल्ने कुरामा अमेरिकी सैन्य विश्लेषक आफैं पनि शंका व्यक्त गर्छन् । अमेरिकाको अग्रणी थिंकट्यांक काउन्सिल अफ फरेन रिलेसन्स गत मे ३१ मा गरेको एक छलफलमा अमेरिकी सेनाको युरोपीयन कमान्डका पूर्व उपकमान्डर स्टिफन एम ट्विटीले युक्रेनबाट रुसीहरूलाई हटाउने शक्ति युक्रेनीहरूले कहिले पनि प्राप्त गर्न नसक्ने कटु यथार्थ व्यक्त गरे ।
रुसको तुलनामा युक्रेनले निकै कम क्षति बेहोरेको भनी झूटो प्रचारबाजी गरिएको भए पनि वास्तवमा एक रुसी सैनिकको मृत्यु हुँदा त्यसको २० गुणा बढी युक्रेनी सैनिक मारिएको सैन्य विश्लेषकहरू आकलन गर्छन् । पश्चिमी हतियारको बाढी नै आए पनि त्यसलाई चलाउने पर्याप्त जनशक्ति नै युक्रेनसँग नरहेको यथार्थ उनीहरू औंल्याउँछन् ।
युक्रेन डोनबास क्षेत्रमा पूर्णतया पराजित हुन लागेको भनी चौतर्फी रूपमा स्वीकार गर्न थालिएको बेलातिरै बाइडनले जेलेन्स्कीमाथि दोष थोपरेका हुन् । तर यस युद्धमा युक्रेनले हार बेहोर्दा प्रोक्सी युद्ध लडिरहेको अमेरिकाको पनि हार भएको ठहर्छ । त्यस्तो अवस्थामा बाइडनलाई विपक्षी रिपब्लिनकहरूले टिक्नखान दिँदैनन् ।
त्यसै पनि अफगानिस्तानबाट अव्यवस्थित रूपमा सैन्य बहिर्गमन गराएकोमा बाइडन आलोचित रहिआएका छन् । अहिले युक्रेनमा ठूलो असफलता बेहोर्दा बाइडनको राष्ट्रपतीय क्षमतामा नै प्रश्न उठ्नेछ र आउँदै गरेको मध्यावधि निर्वाचनमा पनि उनको दलले क्षति बेहोर्नेछ ।
त्यसैले यस युद्धमा बेहोर्नुपर्ने हारको दोष जेलेन्स्कीमाथि थोपरेर बाइडनले आफू र आफ्नो दलको राजनीतिक भविष्य जोगाउन खोजेको देखिन्छ । इतिहासमा अमेरिकाले चालेको कदमलाई विचार गर्ने हो भने जेलेन्स्कीमाथि दोष मात्र नथुपारेर भौतिक कारवाही नै अमेरिकाले गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...