
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको तारागाउँ विकास समितिको अध्यक्षमा डडेल्धुराका सुरेश जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
तारा गाउँ विकास समितिको पहलमा नेपाली कला, संस्कृति र सौन्दर्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने, पर्यटकीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय सेवालाई गुणात्मक बनाउन तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, सम्भाव्य ग्रामीण पर्यटकीयस्थलको अध्ययन अनुसन्धान गर्ने, ग्रामीण पर्यटन पूर्वाधारको विकास र विस्तार गर्नेलगायत गतिविधि भइरहेका छन् ।