०१ साउन २०८३, शुक्रबार

'पुष्पा द रूल' अपडेटः श्रीवल्लीको मृत्युमा कत्तिको सत्यता ?

असार ८, २०७९
'पुष्पा द रूल' अपडेटः श्रीवल्लीको मृत्युमा कत्तिको सत्यता ?

'पुष्पा द राइज'को अपार सफलतापछि फ्यानहरू फिल्मको पार्ट २ को प्रतीक्षामा छन् । 

यसैबीच पुष्पाकी नायिका श्रीवल्लीको  ‘पुष्पा २’ मा मृत्यु हुने खबर बाहिर आएको थियो । त्यसपछि फ्यानहरूले निकै आक्रोश पोखेका थिए । 

फ्यानहरूको यस्तो प्रतिक्रिया देखेर फिल्मका निर्माताहरूले आफ्नो मौनता तोडेर सामाजिक सञ्जालमा उडिरहेका यी खबरहरूका बारेमा सत्य कुरा खोलेका छन् । 

चलचित्रका निर्माता वाई रविशंकरले श्रीवल्ली चरित्रको मृत्युको खबरबारेमा कुरा गर्दै यो सबै सत्य नभएको बताएका हुन् । उनले यो सबै बकवास भएको र सबै अड्कलबाजी मात्रै भएको बताए । 

यससँगै रविशंकरले रश्मिकालाई पार्ट २ मा आउने पक्का गरेका छन् ।

पुष्पा–द रुलको छायांकन यसै वर्ष अगस्टको पहिलो साताबाट शुरू हुने जानकारी दिएका छन् । फिल्मका निर्देशक सुकुमारले आगामी वर्ष अर्थात् सन् २०२३ मा ‘पुष्पा–द रुल’ हलमा रिलिज गर्ने योजना बनाएका छन् ।

चलचित्र ‘पुष्पाः द राइज’ गत डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज भएको थियो । 

फिल्ममा अल्लु अर्जुन रक्तचन्दनका तस्कर ‘पुष्पराज’ को भूमिकामा थिए भने रश्मिकाले उनकी प्रेमिका ‘श्रीवल्ली’को भूमिका निभाएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्