०३ साउन २०८३, आइतबार

भोलिदेखि काठमाडौंका बालबालिकालाई कोरोना विरुद्धको खोप

भोलिदेखि काठमाडौंका बालबालिकालाई कोरोना विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

बिहीवारदेखि ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी काठमाडौंमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो । 

कार्यालयका प्रमुख वसन्त अधिकारीले बिहीवारदेखि असार १५ गतेसम्म काठमाडौं जिल्लाका १ लाख ९० हजार बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने जानकारी दिए । देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइनेछ । 

उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि १ हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करीब २२ लाख मात्रा आएको थियो । 

कार्यालयले काठमाडौंका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदैछ । उनले विद्यालयबाहेक बाल मन्दिर र कारागारमा समेत खोप लगाइने छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरे । खोप लगाउनका लागि खोप केन्द्रमा १ जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ । 

कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सन समेत खोप केन्द्रमा राखिने छ ।

salt training

कमेन्ट गर्नुहोस्