२६ असार २०८३, शुक्रबार

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

सल्यानमा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।

खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका  छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । 

मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताए ।

छत्रेश्वरी गाउँपालिकाका गणेश नेपालीले पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताए । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्