३२ असार २०८३, बिहीबार

असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्शियल बैंकले काठमाडौंको असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

काठमाडौं–२५ असन बजारमा बिहीवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको हो । 

बैंक सञ्चालक समितिका सदस्य प्रा.डा. गीता प्रधान र काठमाडौं–२५का वडाध्यक्ष राजेश डंगोलले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत  मनोज न्यौपाने, बैंक उच्च व्यवस्थापन समूह लगायत स्थानीयको उपस्थिति थियो ।

उक्त शाखा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको बैंकको भनाइ छ । बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर,  २४ शाखारहित बैंकिङ सेवा र ११५ एटीएममार्फत सेवा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्