०४ साउन २०८३, सोमबार

हिमालयन बैंकले बाँड्यो शैक्षिक सामग्री

हिमालयन बैंकले बाँड्यो शैक्षिक सामग्री

हिमालयन बैंक लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण गरेको छ । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकले लम्कीचुहा–२ स्थित जनसेवा माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो । 

विद्यार्थीहरूलाई वित्तीय सचेतना अभिवृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा सुदूरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए । 

शुक्रबार सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूका लागि आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता थियो । 

विद्यालयका प्रधानाध्यापक मित्रलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी, लम्की शाखाका शाखा प्रबन्धक युवराज थापाले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए । 

सोही कार्यक्रममा बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सामग्रीसहितको अभ्यास पुस्तिका वितरण गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्