भदौ १, २०७९
सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना संक्रमणदर हाल निरन्तर रूपमा बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो । गत १ महिनाको तथ्यांक हेर्दा यहाँ करीब १ ...
काठमाडाैं | असार १४, २०७९
नर्भिक इन्टरनेशल हस्पिटलले विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगीधन्दा चलाइरहेको भन्दै आपत्ति जनाएको छ ।
नर्भिकले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दाबाट जोगिन सबैलाई आग्रह समेत गरेको छ ।
अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ ।
मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । ‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौँ,’अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरूले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ ।
नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको जनाएको छ ।
हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ ।
विज्ञप्तिका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिनेछ ।
सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना संक्रमणदर हाल निरन्तर रूपमा बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो । गत १ महिनाको तथ्यांक हेर्दा यहाँ करीब १ ...
उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपाल...
पछिल्लो २४ घण्टामा मुलुकभर ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३७ नमूना परीक्षण गर्दा ८८८ जना नयाँ संक्रमित पुष्टि भएको हो । ...
शहरी विकास मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूती भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरिएको छ । बुधवार शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जन...
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवा...
धादिङको धुनिवेशी नगरपालिका–१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतवार तीन दलका स्थानीय नेतृत्वले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्था...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...