×

X
Dabur
Nic Asia
Marvel

मन्त्रिपरिषद् बैठक

बूढीगण्डकीको अधिकृत पुँजी ६० अर्ब, सर्वसाधारणका लागि आईपीओ जारी हुने

काठमाडाैं | असार १४, २०७९

TVS INSIDE

बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना सरकारले कम्पनी खडा गरेर निर्माण गर्ने भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मंगलवारको मन्त्रिपरिषद् बैठकले कम्पनी बनाएर उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कम्पनीको अधिकृत पुँजी ६० अर्ब हुनेछ भने तत्काल जारी पुँजी २० अर्बको हुनेछ । 

कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत, ऊर्जा मन्त्रालयको ४० प्रतिशत, विद्युत प्राधिकरणको १४ प्रतिशत, विद्युत उत्पादन कम्पनीको १ प्रतिशत शेयर स्वामित्व रहनेछ । त्यस्तै स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत स्वामित्व रहनेछ । 

Vianet communication
Maruti inside

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण आफैंले गर्ने भन्दै २४ चैत २०७८ मा सरकारले विदेशी कम्पनीबाट खोसेर आफ्नै मातहतमा ल्याएको थियो । 

सरकारले यो आयोजना बनाउन पटक–पटक चिनियाँ कम्पनी गेजुवा ग्रूप अफ कम्पनिज (सीजीजीसी)लाई दिने र खोस्नेबाहेक अरू काम भएको थिएन । 

यो आयोजना बनाउन पछिल्लोपटक भदौ २०७५ मा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माणको कुनै प्रक्रिया अगाडि नबढाएर गेजुवाले ४ वर्ष गुजारेपछि सरकारले आफैं निर्माण गर्ने निर्णय गरेको हो ।

यसअघि यो आयोजना माघ २०७४ देखि भदौ २०७५ सम्म सरकार मातहत नै थियो ।

TATA Below
NLIC
साउन २६, २०७९

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्...

साउन २६, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।  बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझद...

साउन २६, २०७९

नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयद्वारा जारी विज्ञप्तिमा बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम...

साउन २७, २०७९

जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८ /७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।  सो कार्यालयले आव २०७८ /७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्र...

साउन २६, २०७९

नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन् बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको चेम्बर...

साउन २७, २०७९

 सरकार र उद्योग वाणिज्य महासंघ बीच आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर भएको छ । बिहीबार राजधानीमा आयाेजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच सम...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x