![‘शमशेरा’मा यस्ता देखिए सञ्जय दत्त [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/shamsera_sanjaya_dutta_EEQ5uw2gDR.jpg)
‘शमशेरा’का निर्माताले फिल्मको बीटीएस भिडियो शेयर गरेका छन् ।
यस भिडियोमा सञ्जय दत्तको लुक्स र भूमिका देखाइएको छ ।
यस भिडियोमा सञ्जय भन्छन्, ‘म एक अभिनेता हुँ र यदि म स्क्रिप्ट वा क्यारेक्टरमा विश्वास गर्छु भने त्यो निर्देशकलाई छोड्छु । हो, मसँग मेरो सुझावहरू छन्, जुन म दिन्छु। शुद्ध सिंहको भूमिका हास्यास्पद र खतरनाक छ । दर्शकले उनलाई माया गर्नुपर्छ ।'
‘शमशेरा’ को कुरा गर्ने हो भने करणको निर्देशनमा बनेको यो फिल्म आदित्य चोपडाले निर्माण गरेका हुन् । फिल्म हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा जुलाई २२ मा हलमा रिलिज हुनेछ ।