
भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख लालुप्रसाद यादवलाई भेट्न अस्पताल पुगेका छन् ।
बिरामी यादवलाई भेट्न बुधवार मुख्यमन्त्री कुमार पट्नाको पारस हस्पिटल पुगेका हुन् ।
उनले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
नेता यादवको काँधमा फ्याक्चर भएपछि अस्पताल भर्ना भएका हुन् । यादव सिँढीबाट लड्दा उनको काँधको हड्डी भाँचिएको थियो । यो फ्याक्चरबाहेक यादव धेरै रोगबाट पीडित छन् । यादवलाई आईसीयूमा राखिएको छ ।