साउन २९, २०७९
कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा ...
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताएका छन्। उनले भने, ‘सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो।’
एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरणसमेत गराए। महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ।
‘महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो,’ सापकोटाले भने।
जफत गरिएका सामग्री लिलाम
सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ। सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ।
चालु आवमा रु १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ। गत आवमा रु ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो। प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडालगायतका सामान रहेका थिए। यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ। रासस
कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा ...
जुम्लामा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ । उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ । जुम्लाको चन्दननाथ नर...
संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ । सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्...
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो । ...
राष्ट्रिय मानव अधिकार आयोगले सरकारले संसद्मा पेश गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक, २०७९’ प्रति गम्भिर असहमति जनाएको छ । आइतवार पुल्चोकस्थित आफ्नै...
हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...