३२ असार २०८३, बिहीबार

एनआईसी एशिया बैंकद्वारा क्यास रिसाइकलर सेवा शुरू, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकद्वारा क्यास रिसाइकलर सेवा शुरू, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । 

यस सेवा मार्फत अब ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । 

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको  छ । 

यस मेसिनबाट १ हजार रुपैयाँ र ५ सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ ।

नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइकलर मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्ने बैंकले जनाएको छ ।

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने  व्यवस्था गरेको बैंकले जनाएको छ । 

बैंकले यो सेवा आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीबाट सञ्चालन गरेको हो ।

 
 

salt training

कमेन्ट गर्नुहोस्