
गरिमा विकास बैंकले काठमाडौं र स्याङ्जामा विभिन्न सहयोग गरेको छ ।
बैंकले माछापोखरी शाखाको समन्वयमा काठमाडौं महानगरपालिका १६ वसन्तनगरस्थित तारकेश्वरधामका क्रियापुत्री घर/कम्पाउण्डमा आवश्यक सामाग्री सहयोग गरेको जनाएको छ ।
जसअन्गर्तत १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरी ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ बहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।