×

NTC

प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

मसालको पुरानो किल्ला प्यूठानको चुनाव– दुर्गा पौडेलदेखि सूर्य थापासम्म को कति बलियो ?

साउन ३, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

कम्युनिस्ट ‘गढ’ मानिएको प्यूठानमा आसन्न चुनावको रस्साकस्सी शुरू भएको छ । पुराना कम्युनिस्ट नेताहरू मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, वामदेव गौतम लगायतको गृहजिल्ला हो प्यूठान ।

yONNEX
Sagarmatha Cement

प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा गत निर्वाचनमा एमाले र माओवादीको साथले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन् । पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
shivam ISLAND

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पौडेल मोहनविक्रम सिंहकी पत्नी हुन् । प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादी केन्द्रबाट कृष्णध्वज खड्का निर्वाचित भएका थिए । रिजाल प्रदेशका पूर्व मन्त्री हुन् भने खड्का बहालवाला आर्थिक मामिला मन्त्री छन् ।


Advertisment
Kumari
MAW JCB

आगामी निर्वाचनमा प्यूठानमा पुरानो समीकरण नरहने अवस्था देखिएको छ । यसपटक सत्ता गठबन्धन निर्वाचनसम्म रहिरहे गठबन्धनबाट पौडेल र नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धन नभएर छुट्टाछुट्टै उम्मेदवार बन्ने अवस्थामा एमालेबाट सूर्य थापा, कांग्रेसबाट डा. पोखरेल र जनमोर्चाबाट पौडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने जिल्लास्तरीय नेताहरू बताउँछन् ।

Vianet communication
Laxmi Bank

दुर्गा पौडेल

एमालेबाट प्यूठानका प्रभावशाली नेता मणिचन्द्र थापा पनि टिकटको आंकाक्षी रहेका जिल्लास्तरीय नेताहरू बताउँछन् । केपी ओली प्रधानमन्त्री रहेका बेला प्रेस सल्लाहकारको भूमिका निभाएका नेता सूर्य थापा विगत लामो समयदेखि जिल्लामा सक्रिय छन् । 

सूर्य भूगोलको राजनीतिमा अहिले भिजेर लागेका छन् । भूमिका र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने सूर्यको विशेषता छ । जतिसुकै आलोचना गरे पनि उनी सत्य कुरामा कहिल्यै डगमगाउँदैनन् ।

माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का प्रतिनिधि सभातर्फ आकांक्षी छन् । स्थानीय निर्वाचनमा जिल्लामा कांग्रेसले ३, माओवादी केन्द्रले ३, एमालेले २ र जनमोर्चाले १ क्षेत्रमा जीत निकालेका छन् ।

प्यूठानमा २०४८ देखि २०७४ सम्मका निर्वाचन कसले जिते ?

बहुदल आएपछि नेपालमा ७ निर्वाचन भए । प्यूठानमा शुरूका २ निर्वाचनमा कांग्रेसले जिते पनि त्यसपछिका सबै निर्वाचन कम्युनिस्टले जितेका छन् । २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले जीत हासिल गर्‍यो । १ नम्बर क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जीत निकालेका थिए । 

२०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जिते । २०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी नै दोहोरिए । २०६२/०६३ को परिवर्तनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा २ वटा क्षेत्रमा नेकपा माओवादी केन्द्रले जीत निकाल्यो ।

१ नम्बर क्षेत्रबाट नारायण अधिकारी र २ नम्बर क्षेत्रबाट दीपक केसीले जिते । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका २ वटै क्षेत्र एमाले जित्यो । १ नम्बर क्षेत्रबाट तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतम र २ नम्बर क्षेत्रबाट हिरा केसीले जितेका थिए ।

‘गठबन्धनलाई पराजित गर्ने गरी निर्वाचनमा केन्द्रित हुन्छौं’

नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले प्रतिनिधि सभातर्फ सूर्य थापा र मणि थापामध्ये १ जना सर्वसम्मत रूपमा उम्मेदवार बन्ने बताए ।

‘एक्लाएक्लै प्रतिस्पर्धा भए हामी प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सहज जीत निकाल्छौं,’ अध्यक्ष विष्टले भने, ‘स्थानीय तहको मतपरिणाम हेर्दा हामी गठबन्धनभन्दा करीब ९ हजार मतले पछाडि छौं । अहिले हामी संगठन सुदृढीकरण र समीक्षा गर्दै पार्टीलाई निर्माणमा जुटेका छौं । आउँदो निर्वाचनसम्म हामी अहिले पछाडि भएको मत पूर्ति गरी गठबन्धनभन्दा बलियो बनेर जीत निकाल्नेमा ढुक्क छौं ।’ 

सूर्य थापा

उनले थपे, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध हामीले ९ पालिकामध्ये २ पालिकामा जीत निकालेका छौं । ६४ वडामा २० वडा हामीले जितेका छौं । हामी जिल्लामा बलियो छौं ।’

‘हामी केन्द्रको निर्देशन कुर्नुपर्ने अवस्थामा छौं’

नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले स्थानीय तह निर्वाचन सकिएपछि कांग्रेस सांगठनिक कार्यमा जुटेको बताए । केन्द्रको निर्देशनअनुसार अगाडि बढ्नुपर्ने अवस्था रहेको गिरी बताउँछन् ।

‘झण्डै २५ वर्ष भयो कांग्रेसले संसदीय निर्वाचन जिल्लाबाट जितेको छैन,’ सभापति गिरी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनबाट हामी जिल्लामा पहिलो शक्ति बनेका छौं । संगठन पनि अहिले राम्रो बनेको छ । अब गठबन्धन भए पनि जिल्लाको टिकट हामीले पाउनुपर्छ । गठबन्धनका नाममा जनमोर्चालाई छाड्न सकिँदैन । जिल्लामा जनमोर्चा धेरै कमजोर भइसकेको छ ।’

सभापति गिरीले थपे, ‘जिल्लाबाट संघीय निर्वाचनका लागि आधा दर्जन नेताहरू आकांक्षी हुनुहुन्छ । अहिले सभापतिले यो नेता दाबेदार हो भनेर भन्न मिल्दैन ।’

‘चुनाव संगठनले जित्ने अवस्था हराउँदै गयो’

राष्ट्रिय जनमोर्चाका प्यूठानका अध्यक्ष कृष्ण खड्काले अहिलेको गठबन्धन निर्वाचनसम्म रहेमा प्यूठान जनमोर्चाले पाउने र उम्मेदवारमा पनि पौडेलकै सम्भावना बढी रहेको बताए । 

‘विगतको जीतको आधारमा प्यूठान जनमोर्चाले पाउनुपर्ने हुन्छ,’ खड्काले भने, ‘केन्द्रले के निर्णय गर्छ हामी त त्यही निर्णयानुसार अगाडि बढ्ने हो ।’ 

संगठन हेरेर निर्वाचनको परिणाम आउने अवस्था हराउँदै गएको खड्का बताउँछन् । उनी भन्छन्, ‘संगठन हेर्दा जिल्लामा राम्रो छ तर जसले आर्थिक रूपमा यताउता गर्न सक्छ, उसैले चुनाव जित्ने अवस्था आयो । हाम्रो पार्टीसँग पैसा पनि हुँदैन । उनीहरूलाई जित्न गाह्रो हुन थाल्यो । अहिले स्वच्छ राजनीति हराउँदै गयो ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x