×

NMB BANK
NIC ASIA

सुर्खेतमा दुई क्विन्टल अवैध माछा जफत गरी नष्ट

साउन ४, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ । 

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मङ्गलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो । अनुगमनका क्रममा प्रतिबन्धित मङ्गुर माछाको बिक्री वितरण भइरहेको सूचना पाएलगतै टोली त्यहाँ पुगेर हटियालाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिकृत थापाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार जफत गरिएका मङ्गुर माछा आज वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जङ्गलमा गाडेर नष्ट गरिएको छ । माछा व्यवसायीलाई भने फेरि पनि अवैधरूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएर छोडिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

भारत तथा अन्तरप्रदेशबाट प्रतिबन्धित मङ्गुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछा जिल्लामा अवैध तवरले आयात नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको रोहवरमा गत जेठ १८ गते बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले सुर्खेतमा मङ्गुर माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

Vianet communication

विज्ञका अनुसार माछाको वर्गीकरणमा नराखिएको मङ्गुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदूषण हुने गर्दछ । अत्यधिक मात्रामा हेभिमेटल पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोग निम्तिने उनीहरुको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x