मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
परापूर्वकालदेखि चल्दै आएको हाम्रो काठे खस परिकार दूधरोटी, दालरोटी र पानीरोटी अब लगभग लोप नै भए जत्तिकै छ । किनकि नयाँ पुस्तालाई यी परिकारका विषयमा सोध्ने हो भने पूर्ण रूपमा अनभिज्ञ नै छन् ।
सबैको भान्सामा पाक्ने भए पो उनीहरूले पनि देख्थे, स्वाद पाउँथे र त्यसका विषयमा जान्ने मौका पाउँथे । मुख्य त ती खानाहरू पाक्नै छोडे पछि न कसैले जान्ने मौका पाए, न स्वाद नै थाहा पाए ।
गाउँघरमा पनि यी परिकारहरू अब बिरलै पाक्न थालेका छन् । पछिल्लो पुस्ताले हाम्रो लोक परिकारलाई बिर्संदै गएको र छिटोछरितो परिकारमा बढी चाख लागेको प्रस्ट छ । सबैको मुखमा चाउचाउ, चाउमिन, मःम, डुनोट, मासुचिउरा, चटपटे, पानीपुरी बस्न थालेपछि मौलिक परिकार बिर्संदै गएको बूढापाकाहरूको भनाइ छ ।
लोक र मौलिक परिकारलाई जोगाउनुपर्छ भनी पछिल्लो समय दर्जन संस्थाहरू लागिपरेका छन् र खोज अनुसन्धानमा पनि लागेका छन् तर शहर–बजारमा खोजेर अब लोक परिकार पाउन मुस्किल छ । दुर्गम गाउँगाउँमा पुगेर सोधखोज गर्न सकेमा हाम्रा लोक खानाका अवशेष अझै भेट्न सकिन्छ । बाटोघाटो र गाडी नपुगेका स्थानमा अझै पनि लोक खानाको प्रचलन नै छ ।
जहाँ गाडी पुगे, त्यहाँ त भारतीय सस्तो चामल र चिउरा पुगिहाल्यो अनि कसले गर्ने दुःखको खेतीपाती ? कर्णालीमा सरकारले हेलिकप्टरबाट चामल खसाएर ठूलो भुल गरेको विज्ञको ठहर छ । राजधानीको चामलका कारण सुदूरपश्चिमका जिल्लामा खेतबारी बाँझै छन् ।
‘हामीले हाम्रो मौलिक, लोक खाना बच्चामा खुब खान पाइन्थ्यो तर अहिले कतै पनि देख्न पाइन्न,’ बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी भन्छन्, ‘यदि हामी हाम्रा बाउबाजेका यस्ता मौलिक परिकार बिर्संदै गयौं भने हामीलाई सिद्धिन कुनै टाइम लाग्दैन ।’
काठमाडौंको कपनमा अवस्थित रैथाने एग्रो प्रडक्टस् नेपालका सीईओ तिलक ढकालको पनि त्यस्तै विचार छ । ‘हामीले सधैं बाहिरकै प्रडक्ट्स प्रयोग गरिरहने हो भने हाम्रो अग्र्यानिक खाद्यान्नको बिज लोप हुने निश्चित छ,’ उनले भने, ‘हामीले हाम्रो पुर्खाले दिएका बिजको संरक्षण गर्न सकेनौं भने नयाँ पुस्ताले कुनै पनि नेपाली मौलिक लोक सामग्री र परिकार देख्न पाउँदैनन् ।’
मौलिक लोक रैथाने परिकारका विषयमा सेफ एशोसिएशनका अध्यक्ष श्याम तामाङ्ग भन्छन्, ‘अहिले हामीले सातै प्रदेशका रैथाने परिकारको खोजीमा हिँडेका छौं । अहिले मधेश प्रदेशमा काम सिध्याइसकेका छौं ।’
पूर्व अध्यक्ष रत्नबहादुर थापाको पनि उस्तै विचार छ । ‘हाम्रो लोक खाना जोगाउन सरकारी तबरबाट पनि पहल गर्नुपर्छ,’ उनले भने ।
कसरी बनाइन्छ दूधरोटी, दालरोटी र पानीरोटी ?
दूध रोटी बनाउन चाहिने सामग्रीः गहुँको आटा आधा किलो, भैसीको दूध डेढ लिटर, चिनी १ कप, मिक्स ड्राइनट्स ६० ग्राम, घ्यू ३ चम्चा, मरिचको धुलो आधा चम्चा, ताइचिन चामल आधा कप ।
दूध रोटी बनाउने विधिः बाक्लो किटको कराइ या कसौडीमा दूध र चामल हालेर उमाल्ने । एक साइडमा आटा मुछेर राख्ने । दूध र चामल उमालेको आधा घण्टापछि मुछेको आटा बेलेर चक्कुले काटेर या हातले लुछेर उम्लिरहेको दूध चामलमा हाल्दै चलाउँदै गर्ने । कत्तिले चाहिँ पहाडतिर हातले पेडासेभ दिएर पनि दूधमा खसाल्छन् ।
हातमा लपक्क लाग्ने जस्तो गरी पाक्न थालेपछि चिनी, मरिचको धुलो र घ्यूमा भुटेर मिक्स ड्राइनट्स घ्यूसहित हाल्दिने र राम्ररी चलाएर तातो या चिसो दुवै किसिमले खान सकिन्छ ।
दालरोटी बनाउन चाहिने सामग्री : जातोमा पिसेको मिक्स दाल २ कप, पिसेको अदुवा–लसुन २ चम्चा, सुकेको खुर्सानी ४ पिस, घ्यु ३ चम्चा, नून स्वाद अनुसार, हरियो खुर्सानी चप ३ पिस, बेसार पिन्च, हरियो लसुन या डन्डु सानो एक मुठा ।
दालरोटी बनाउने विधि : बाक्लो कराइ या हुन्डीमा घ्यू तताएर सुकेको खुर्सानी पड्काएपछि अदुवा–लसुन भुट्ने अनि बेसार हालेलगत्तै दाल हाले र एकछिन चलाउने । तातोपानी हाली सानो आँचमा राख्ने । पिठो मुछेर दूधरोटीमा हाले जसरी पेडा या बेलेर च्यातेर बिठो हाल्दै जाने र नून पनि स्वादअनुसार हाल्ने । पाकेपछि हरियो धनियाँ या डन्डु हालेर सर्भ गर्ने ।
पानीरोटी बनाउन चाहिने सामग्री : आटा आधा किलो, हरियो खुर्सानी ४ पिस, धनियाँ हरियो आधा मुठा, नून स्वादअनुसार, घ्यू २ चम्चा ।
पानीरोटी बनाउने विधि : थोरै धुलो आटा बाँकी राखेर नून, मसिनो गरी काटेको धनियाँ र खुर्सानी हाली मुछ्ने र छोपेर एक साइडमा राख्ने । नून हालेर २ लिटर जति पानी उमाल्ने । मुछेको पिठोको सानो–सानो पेडा बनाउने र उम्लेको पानीमा हाली १२–१५ मिनेट पकाउने । पानी तारेर आफूले चाहेको चटनी या दाल तरकारीसँग खान सकिन्छ ।
पानीरोटी कतै–कतै उम्रेको गेडागुडी, मिक्स भेजिटेबल हालेर दालरोटी जसरी पनि बनाउने गरिन्छ ।
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...