×

NMB BANK
NIC ASIA

सलमान खानमाथि तस्करीको आरोपः सलमानले छिमेकीलाई लगाए मुद्दा

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमानको वकिलले सलमानका पनवेल फार्महाउस नजिकै रहेका छिमेकी रवि कमदले सलमान र केतन कक्कडको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै समुदायलाई भड्काउने प्रयास गरेको दाबी गरेका छन् । 

Muktinath Bank

सलमानले उनका छिमेकीविरुद्ध दर्ता गराएको रिटमा शुक्रवार न्यायाधीश सीवी भाडंगको इजलासमा सुनुवाइ भएको हो । उक्त रिट सलमानले मार्च २०२२ मा सिभिल कोर्टलाई चुनौती दिँदै दायर गरेका थिए । सिभिल कोर्टले कदमविरुद्ध सलमानले दर्ता गराएको रिटमा आदेश दिन इन्कार गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका छिमेकीले सलमानले आफ्नो फार्महाउसमा गरिरहेको विभिन्न गतिविधिको भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सलमानले अदालतसँग उक्त भिडियो हटाउने आदेश दिन र आगामी दिनमा आफूविरुद्ध कुनै पनि प्रकारको कमेन्ट गर्नबाट रोक्न आदेश माग गरेका थिए । तर, सिभिल कोर्टले सलमानको रिट खारेज गरिदिएको थियो । त्यसपछि सलमान रिट लिएर उच्च अदालत पुगेका हुन् । 

Vianet communication
Laxmi Bank

शुक्रवार रिटको सुनुवाइका क्रममा सलमानका वकिलले सिभिल कोर्टले कदमविरुद्ध आदेश नदिनु गलत भएको दाबी गरेका छन् । उनले कदमले अपलोड गरेको भिडियो वास्तविक नभई उनको अनुमान मात्र भएको दाबी गर्दै भिडियोमा सलमानविरुद्ध साम्प्रदायिक हिंसा भड्काउनलाई उक्साउने प्रयास गरिएको दाबी गरे । 

भिडियोमा सलमानलाई लगाइएको गम्भीर आरोप 

उक्त भिडियोमा रवि कदमले ‘केतन कक्कडले सलमान खानलाई  उनको फार्म हाउस नजिकै रहेको गणेश भगवानको मन्दिर कब्जा गर्न आग्रह गरेको’  दाबी गरेका छन् ।

उनले सलमानले आफ्नो फार्म हाउसबाट ड्रग्स, आर्गन र बच्चाको तस्करी गरिरहेको आरोप लगाएका छन् । कक्कड भारतीय अण्डर वर्ल्डका कुख्यात दाउद इब्राहिम समूहको सदस्य भएको उनको दाबी छ । 
उक्त भिडियो लाखौँले हेरेका छन् । भिडियो हेरेर सलमानलाई अधिकांशले गाली गरिरहेका छन् । 

उच्च अदालतमा दर्ता भएको मुद्दाउपर २२ अगस्टमा पुनः सुनुवाई हुने भारतीय सञ्चारमाध्यहहरूले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x