२८ असार २०८३, आइतबार

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट पोखरामा सम्पन्न

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट पोखरामा सम्पन्न

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । 

साउन १९ देखि २१ गतेसम्म पोखराको ग्रान्डी होटलमा  सम्पन्न डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए ।

कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तक्र्रिया र पुरस्कार वितरण कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १ हजार ४ सय ९९ किलोलिटर बिक्री गर्ने लक्ष्य घोषणा भएको छ । 

यो मिट कम्पनीले वान मोर स्टेप टुवार्ड्स सक्सेस भन्ने मोटोको साथ सम्पन्न गरेको थियो । 

नेपालमा यो लुब्रिकेन्टलाई भीजी ल्युब प्रालिले बिक्री वितरण गरिरहेको छ । 

कम्पनीले डिलरका प्रतिनिधिलाई यो वर्ष सफलताका लागि एक स्टेप अगाडि बढ्ने प्रतिबद्धतासमेत गराएको थियो । 

कार्यक्रममा भी.जी. ल्युबका प्रबन्ध निर्देशक विवेक बिजुक्छेले अहिलेको विश्व बजारमा लुब्रिकेन्टको समयसापेक्ष अवस्थाका बारेमा जानकारी गराएका थिए ।

भीजी ल्युबका बिजनेस हेड दिनेश खनालले भिडोलको गत आर्थिक वर्षको अवस्थाका बारेमा र आगामी वर्षको योजनाका सम्बन्धमा जानकारी गराएको कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

त्यस्तै मार्केटिङ र ब्रान्डिङको सन्दर्भमा ब्रान्ड एन्ड मार्केटिङ हेड समिप तिम्सिनाले कार्यक्रममा जानकारी दिएका थिए ।

कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका छन् ।

जसमा जगदम्बा बेरिङ सेन्टर विराटनगरले प्रथम, सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका छन् ।

त्यसैगरी सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर; शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर सेल्स; बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर सेल्स; शिखर लिंक ट्रेडिङ, ललितपुरले फेरि बेस्ट पीसीएमओ सेगमेन्ट सेल्स; डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स; विएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट गियर ट्रान्समिसन सेल्स; जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका छन् । 

त्यसैगरी कार्यक्रममा प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोईको अवार्ड प्रदान गरिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्