
निरन्तर उत्कृष्टताका नयाँ/ नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले नेपाली बजारमा नम्बर एक एसयूभी बनेको कम्पनीले दावी गरेको छ ।
भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको यस एसयूभीले नेपाली बजारमा पनि नम्बर एक बन्न सफल भएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२को शुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीको भनाइ छ ।
सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेको कम्पनीले जनाएको छ । फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको बताइएको छ ।
नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तीब्र प्रतिस्पर्धामा नेक्सन अन्य भन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडि मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा रहनु भएको कम्पनीले जनाएको छ ।
यही कारण नेक्सनले धेरैभन्दा धेरै ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको कम्पनीको भनाइ छ ।
१२०० सी .सी को रेभोट्रन पेट्रोल इन्जिन र १५०० सी .सी को डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्वितीय छ । २०९ मिलिमिटर लामो “ग्राउंड क्लेरेन्स“ सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चार पांग्रे नेपाली सडकमा सुहाउँदो रहेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, आजभन्दा एक वर्ष अघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा विक्री वितरण आरम्भ गरिएको नेक्सन इभी (विद्धुतीय गाडी) ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरुको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको कम्पनीको विश्वास छ ।
१८ भन्दा बढी फास्ट चार्जिंग र १२० भन्दा बढी स्लो चर्जिंग संजालहरु सहित यस इभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चर्जिंग एपको सुविधा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।