×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

साउन ३१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएकासँगै साउन १९ गतेसम्म जम्मा मतदाताको संख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ  । 

Muktinath Bank

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा संकलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले  गर्नुपर्ने तयारीसम्बन्धी काम शुरू गरिसकेको छ । ‘निर्वाचनका लागि गर्नुपर्ने तयारी शुरु गरिसकेका छौँ’, निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, ‘यस क्रममा मतपेटिकालगायत निर्वाचन सामग्रीको जाँच गर्ने, रुजु गर्ने र ती सामग्री सरसफाइ गर्नेलगायत काम गरिरहेका छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयका अनुसार गत वैशाख ३० गतेपछि थपिएका नयाँ मतदातामा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० छन् । कञ्चनपुरमा नौ हजार आठ सय २८, बाजुरामा एक हजार तीन सय ६४, अछाममा चार हजार ८०, डोटीमा दुई हजार एक सय ७२, बझाङमा एक हजार छ सय ५९, डडेलधुरामा दुई हजार दुई सय ५८ बैतडीमा दुई हजार आठ सय छ र दार्चुला जिल्लामा एक हजार छ सय ६४ नयाँ मतदाता थपिएका छन् । 


Advertisment
Nabil box
Kumari

 नयाँ थपिएका कैलालीमा सबैभन्दा बढी पाँच लाख ३६ हजार पाँच सय ५५ मतदाता र सबैभन्दा कम बाजुरामा ८४ हजार ५४ मतदाता पुगेका छन् । 

Vianet communication

कञ्चनपुरमा तीन लाख पाँच हजार १४२, अछाममा एक लाख ६० हजार ३६०, डोटीमा एक लाख २५ हजार सात सय २६, बझाङमा एक लाख २३ हजार सात सय ९६, डडेलधुरामा ९२ हजार तीन सय ७७, बैतडीमा एक लाख ५१ हजार चार सय १२ र दार्चुला जिल्लामा ८९ हजार नौ सय ४९ मतदाता पुगेका छन् । 

गएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा जम्मा १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशमा १४ लाख ३५ हजार छ सय ७४ मतदाता रहेका थिए । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो पटक आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । 

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र कायम छन् । जनसंख्याको दृष्टिले तराईका जिल्ला कैलालीमा र कञ्चनपुर ठूला जिल्ला हुन् । प्रतिनिधिसभाका कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्लामा अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र कायम छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x