असोज १, २०८०
नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...
केही वर्षअघिसम्म कोमल वलीका तीज गीतले राम्रो चर्चा पाउँथे । केही गीतहरू विवादमा समेत तानिए पनि सांगीतिक बजारमा चर्चा हुन्थ्यो, उनको र उनका गीतहरूको ।
१ दशकअघि ‘पोइल जान पाम शिव’ बोलको तीज गीतबाट उनी चर्चासँगै विवादमा समेत तानिएकी थिइन् । त्यसयता उनले हरेक वर्ष ल्याउने तीज गीतले बजारमा राम्रै चर्चा पाउँथे ।
लोक गायक पशुपति शर्मासँग मिलेर वलीले केही वर्ष निरन्तर तीज गीत ल्याइन् । पशुपतिसँग मिलेर ल्याएको ‘लास्टै चोटी हो’ले पनि तीजमा राम्रै चर्चा पायो । पशुपतिसँगै गाएको ‘चाहिएन पोइ’, ‘माननीयज्यू’ जस्ता गीतहरूले पनि राम्रो चर्चा पाएका थिए ।
पछिल्ला वर्ष भने कोमलले आफ्नी बहिनी प्रज्ञा वली ‘शदर’सँग मिलेर तीज गीत ल्याउने गरेकी छन् । ३ वर्षअघिको तीजमा ‘छड्के तिलहरी’ बोलको गीत ल्याएकी वलीले बहिनीसँग मिलेर यस वर्ष ‘मै नाच्छु छम्केर ढलीमली होइ’ बोलको गीत ल्याएकी छन् तर केही वर्षयता तीजमा कोमल वलीको चमत्कार चल्न छाडेको भाव हुन्छ ।
कोमलको यस वर्षको तीज गीत ‘मै नाच्छु छम्केर ढलीमली होइ’ले त्यही कुरालाई पुष्टि गर्छ ।
गत सोमवार सार्वजनिक गीतले २ दिनमा यूट्युबमा भ्युज पाएको छ जम्मा ५ हजार, न त यस गीतको सांगीतिक बजारमा कुनै चर्चा नै छ ।
बसन्त विश्वकर्माको शब्द रहेको यस गीतको लय प्रकाश दूतराजले तयार पारेका हुन् भने सुनिल परियारले गीतलाई एरेन्ज गरेका हुन् । ‘वली सिस्टर्स’को स्वर रहेको गीतको भिडियोमा पनि उनीहरू नै प्रस्तुत छन् ।
पवित्रा आचार्यको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई जीवन पराजुलीले छायांकन, विष्णु शर्माले सम्पादन गरेका हुन् । कोमलले आफ्नै ‘कोमल वली’ नामक यूट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेकी हुन् । गीतको अडियो पक्ष पनि राम्रो नै छ । भिडियोलाई पनि आकर्षक नै बनाइएको छ तर पनि स्रोता–दर्शकको नजरमा नपरेपछि भन्न सकिन्छ – तीज गीतमा चलेन कोमल वलीको चमत्कार !
नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...
पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका समीक्षा अधिकारीको आवाजमा चर्चित पुरानो गीत ‘शिर सजाउने फूल’को फिमेल भर्सन सार्वजनिक गरिएको छ । सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस...
यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, ...
साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आए...
रियालिटी शो ‘एनआरएन द सिङगर’को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो...
‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस् प्रा.लीले गीत–संगीतका विभिन्न विधाला...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...