×

NMB BANK
NIC ASIA

लागुऔषध कारोबारीको जालो तोड्दै धनुषा प्रहरी

भदौ ३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीवार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्‍यो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे हाइड्रोक्लोराइड ११ पतासहित साहलाई पक्राउ गरेको हो । 

Muktinath Bank

यसको अघिल्लो दिन प्रहरीको टोलीले १० किलो दुई सय ५० ग्राम  गाँजासहित नगराइन नगरपालिका–२ जटहीका ४५ वर्षीया डोमा सदालाई पक्राउ गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारततर्फ पठाउन प्लाष्टिकको झालोमा प्याकिङ गरिएको अवस्थामा गाँजासहित सदालाई पक्राउ गरेकै दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१० बाट २६ वर्षीय रविकुमार रायमाझीलाई पनि सोही अभियोगमा पक्राउ ग¥यो । शंका लागेर जाँच गर्दा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ३० ट्याब्लेटसहित रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि गत साउन १४ गते प्रहरीले नाइट्रोभेट ट्याबलेट पाँच सय २५ पिससहित जनकपुर उपमहानगरपालिका–५ देवानपोखरीबाट धनुषाको मिथिला नगरपालिका–६ तारापट्टी २७ निवासी प्रवीण यादवलाई पक्राउ गरेको थियो भने साउन १२ गते एकै दिन लागुऔषधसहित तीन जनालाई प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१९ बेंगाशिवपुर निवासी २० वर्षीय लक्ष्मेश्वर यादव, जनकपुरधाम उपमहानगरपालिका–१ निवासी १९ वर्षीय इब्रान नदाफ र धनुषाको विदेह नगरपालिका–३ निवासी १९ वर्षीय अतुल झालाई पक्राउ गरेको थियो । 

Vianet communication

यसरी प्रहरीले धनुषामा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्दै आएका छन्् । जिल्लामा ब्राउन सुगरको कारोबार गर्दै गर्दाको अवस्थामा त्यससँग संलग्न व्यक्तिसमेत पक्राउ पर्न थालेका छन् । 

साथै सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई प्रहरीले लगभग दिनहुँ पक्राउ गरिरहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रहरीले करिब चार हजार थान विभिन्न प्रकारका लागुऔषध तथा तीन सय केजी गाँजासहित एक सय तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार सो अवधिमा लागुऔषधसहित सात स्वदेशी महिला, ९२ स्वदेशी र चार विदेशी पुरुषलाई पक्राउ गरिएको थियो । सो अवधिमा जिल्ला प्रहरीले लागुऔषध कारोबारका ७७ थान मुद्दामा अदालतको आदेशबाट ४७ जना पुर्पक्षका लागि कारागार गएका र ५३ जना धरौटीमा छुटेका थिए । 

यसअघि आर्थिक वर्ष २०७७/०७८ मा करिब छ हजार थान विभिन्न प्रकारका लागुऔषध तथा ४० किलो गाँजासहित एक सय जनालाई पक्राउ गरिएको थियो ।  खुला सीमा–नाकाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने जयनगर, जटहीलगायत नाका हुँदै  लागुऔषध राजधानी काठमाडौंसम्म पुग्ने गरेका थिए । 

सीमावर्ती भारतीय बजारमा पुगेर लागुऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवा जमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्ष्य गरेर जाँचलाई कडाइ गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागुऔषधका सामग्री बरामद हुने गरेको बताइन्छ । 

लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका युवा रहेको जनकपुरधाम उपमहानगरपालिका–४ का रमेश साहले बताए । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसंगतको बहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको उनको भनाइ थियो । 

गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागुऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ । भारतबाट भित्रिने लागुऔषध र धनुषामा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न विशेष अभियान नै चलाउँदै आएको प्रहरीले बताएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x