×

NMB BANK
NIC ASIA

थिमिमा ८८ वर्षपछि सञ्चालित सातदिने महाकाली नाच सम्पन्न

भदौ ३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात भाद्र द्वितीयाको साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुँदै आएको महाकाली नाच शुक्रवारदेखि सम्पन्न भएको नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले बताए । 

Muktinath Bank

नाच पहिलो दिन पाचो, दोस्रो दिन पोबु, तेस्रो दिन गार्चा, चौथो दिन दिगु, पाँचौँ दिन बालकुमारी, छैटौँ दिन नासननी र सातौँ दिन दिगुटोलमा प्रदर्शन गरी सम्पन्न गरिएको हो । यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिएको बताउँदै संयोजक प्रजापतिले महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ भय नहुने जनविश्वास रहँदै आएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मल्लकालदेखि चल्दै आएको महाकाली नाचको मूल गुरु श्रीगोपाल प्रजापति रहेको यो नाच अब हरेक वर्ष सञ्चालन गर्नेगरी तयारी गरिएको अर्का गुरु राजकुमार चक्रधरले बताए । 


Advertisment
Nabil box
Kumari

विभिन्न २१ वटा तालमा नाच्ने महाकाली नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको छ । यस वर्ष नाचमा देवगण बनेर नाच्नेमा महाकालीमा गोपी प्रजापति, महालक्ष्मी आयुष प्रजापति, महादेवी कृष्ण भासिमा, बेतालमा अमन प्रजापति, रमित प्रजापति, कृजल प्रजापति र सुमन प्रजापति रहेका छन् ।

Vianet communication

त्यस्तै कृष्ण प्याथं र रोम चक्रधर ख्याक, रोहन प्रजापति र सलोन प्रजापति भूत भैरव, निलव प्रजापति र सिजन प्रजापतिले कवाँ, विकेश प्रजापति सिंह, श्रवण श्रेष्ठ र इशान प्रजापतिले माक (बाँदर) र स्वस्थानी प्रजापति दैत्यको भूमिका निर्वाह गरेर नाच प्रदर्शन गरिएको छ । महाकाली नाचमा धाँ बाजा, दिँ बाजा, मुहाली बाजा र चावी बाजा बजाउने गरिन्छ । देवासुर सङ्ग्राममा आधारित रहेर कलात्मक ढङ्गले तान्त्रिक विधिअनुसार नाचिने महाकाली नाच भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर सञ्चालन गरिन्छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x