
होटल र रेस्टुरेन्टमा रक्सी पिउने अधिकांश ग्राहकलाई बदाम दिइन्छ । झन् बदाम नून मिसाएर वा फ्राइ गरेर दिइन्छ ।
रेस्टुरेन्ट सञ्चालकले रक्सीसित बदाम किन दिन्छन् ? यसको व्यापारिक कारण रहेको पाइएको छ । रक्सी बेच्ने रेस्टुरेन्टमा बदाम अनिवार्य राखिएको हुन्छ ।
एजेन्सीहरूका अनुसार बदामले मानिसलाई तिर्खा लगाउँछ । बदाममा नून मिसाइएको छ भने तिर्खा झन् बढ्छ । बदामले मुख र घाटीलाई सुख्खा बनाउने जानकारहरू बताउँछन् ।
यसरी रक्सी पिइरहेको मान्छेको मुख सुख्खा भएमा ग्राहकले रक्सी बढी पिउने र कारोबार बढी हुने व्यापारिक कारण रहेको बताइन्छ । यसरी बदाम खुवाएर रक्सी बढी बेच्नु व्यापारीका लागि फाइदाजनक हो । कतिपयले त रक्सी पिउँदा बदाम निःशुल्क दिने गरेका छन् ।
अर्काेतिर नून मिसाइएको बदाम खाँदा रक्सी पिउन सजिलो हुने कारण पनि रहेको छ । रक्सी तीतो हुने भए पनि बदामले त्यसलाई सहज बनाइदिन्छ ।