२१ असार २०८३, आइतबार

जुत्ता चप्पल व्यापार मेला शुरु

जुत्ता चप्पल व्यापार मेला शुरु
फाइल तस्बिर

फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयाजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । 

उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी शुरु गरिएको आयोजकले जनाएको छ । जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए । उनले मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको बताउनु भयो । बञ्जाडेले मेलामा ग्राहकहरुले चुत्ता चप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताए । उनले मेलामा सबै महिला,बालबालिका, पुरुष,कार्यालय प्रयोजनको लागि समेत जुत्ता चप्पलहरु पाउने बताउनु भयो । बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताए । 

त्यस्तै मेला उद्घाटन प्रश्चात कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताए । नेपाली उत्पादनलाई सबैले प्रयोग गर्नु आवश्यक रहेको बताए । 
कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए । 

उनले सरकारले उद्योगको प्रोत्साहन गर्ने कुरा मुखले नभएर कामले गरेर देखाउनपर्ने बताए ।  मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन् । तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्