×

NMB BANK
NIC ASIA

विमानस्थल हुँदै सुन तस्करी

तस्करका लागि स्वर्ग बन्दै त्रिभुवन विमानस्थल: भन्सार र स्क्रिनिङ पार गरेरै बाहिरिन्छ सुन

भदौ ८, २०७९

NTC
Premier Steels

असार २९ गते फ्लाइ दुबईको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका २ जनालाई झण्डै १ केजी सुनसहित प्रहरीले नियन्त्रणमा लियो । 

Muktinath Bank

विमानस्थल सुरक्षा कार्यालयले भन्सार पास भएर आएका सिन्धुपाल्चोकका ३० वर्षीय सोमबहादुर विकले लगाएको कपडा पगालेर ४१८ ग्राम सुनसहित विकलाई पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्लाइ दुबईको उडानबाटै असार ३० गते आएका मोरङको पथरी शनिश्चरे नरपालिका– ४ का २८ वर्षीय रिवाज गजमेरलाई ५५४ ग्राम सुनसहित पक्राउ गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

दुवै जनाले आफूले लगाएको शर्ट, पाइन्ट र अन्डरवेरमा सुनको धूलो लुकाएर ल्याएका थिए । भन्सार चेकिङ र स्क्रिनिङ पार गरेर बाहिर आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

Vianet communication

जेठ २३ गते दुबईबाट नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरए– २३० मार्फत काठमाडौं आएका ७ जनालाई ८ सय ८९ ग्राम सुनसहित पक्राउ गरिएको थियो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिरबाट उनीहरूलाई पक्राउ गरेको थियो । 

प्रहरीले सैनामैना नरपालिका– १ रुपन्देहीका ४२ वर्षीय सुरेशबहादुर शाही, वाणगंगा नगरपालिका– ८ कपिलवस्तुका २९ वर्षीय सन्दीपचन्द ठकुरी, बारा जितपुरसिमरा उपमहानरपालिका– १६ का ४१ वर्षीय निर्मल घलान, धनुषाको बटेश्वर गाउँपालिका– ४ (क) राहुल भन्ने वरुणभक्त माथेमा, चीनको तिब्बत छेन्दु घर भई काठमाडौंको बौद्ध बस्ने लोप्सा ग्याल्सेन, नवलपरासी पश्चिम सुनवल नगरपालिका– १० का ४२ वर्षीय युवराज भुसाल र भारतको दिल्ली कृष्णनगरका ५१ वर्षीय अम राजपुतलाई पक्राउ गरेको थियो ।

प्रहरीले सुरेशबहादुर शाही र सन्दीप चन्द ठकुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेक भएर बाहिर आएपछि पक्राउ गरेको थियो । उनीहरूले लगाएका लुगाहरू शर्ट, पाइन्ट र अन्डरवेरमा लुकाएर राखेको अवस्थामा सुन बरामद गरिएको थियो ।
 
पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बाहिरिरहेको यिनै घटनाक्रमहरूले पनि देखाउँछन् । विमानस्थलमा खटिएका सुरक्षा अधिकारीहरूले विमानस्थलको भन्सार विभागको एक्सरे मशिनलाई नै पार गरेर सुन बाहिरिने गरेको दाबी गर्दै आएका छन् ।

‘हामीले भन्सार विभागको मशिन पार गरेर बाहिरिएको सुन बरामद गरेका छौं ।  त्यसले पनि केही कमी कमजोरी छ भन्ने देखाउँछ,’ विमानस्थलका एक सुरक्षा अधिकृतले लोकान्तरसँग भने ।

भन्सार विभागले भने शरीरभित्र तरल पदार्थको रूपमा राखेर ल्याइएको सुन एक्सरे मशिनले पत्ता लगाउन नसक्ने बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारकी प्रवक्ता सोना श्रेष्ठका अनुसार एक्सरे मेसिनले मानिसको शरीरभित्र तरल पदार्थ बनाएर ल्याउने सुनहरू पत्ता लगाउन नसकिने बताइन् । 

‘पछिल्लो समय सुन लिक्विड बनाएर ल्याउने गरेको पाइएको छ, त्यो मशिनले पत्ता लगाउँदैन, प्रहरीको सहयोगले पक्राउ गर्ने गरेका छौं,’ त्रिभुवन विमानस्थल भन्सारकी प्रवक्ता सोना श्रेष्ठले भनिन्, ‘मशिनले मेटलहरू मात्र डिटेक्ट गर्ने हो ।’ 
 
गल्ती गर्नेलाई हामीले कारवाही गरेका छौंः प्रमुख भन्सार प्रशासक भट्टराई

पछिल्लो समय तस्करहरूले विभिन्न आइडिया प्रयोग गरेर ल्याएको सुन बरामद भइरहेको र त्यस्तो अवैध सुनलाई पास गराउन कसैले सहयोग गरेको पाइएमा कारवाही हुने गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

‘म आइसकेपछि भन्सारका एकजना कर्मचारी दोषी देखिएपछि हामीले मुद्दा चलाएर कारागार पठाएका छौं । उनी अहिले सुन्धारा कारागारमा छन्,’ प्रमुख भन्सार प्रशासक भट्टराईले लोकान्तरसँग भने, ‘हामीले प्रहरीका ३ जनासहित सुरक्षा निकायका कर्मचारीहरूलाई समेत कारवाही गरेका छौं ।’

कानूनविपरीत काम गरेको पाइएमा कसैलाई पनि नछाड्ने उनको भनाइ छ । उनले सुरक्षा निकायसँग आवश्यक समन्वय हुन नसकेको गुनासो गरे ।

विमानस्थलको सुरक्षा प्रमुख परिवर्तन हुँदा मतभिन्नता हुने गरेको भन्दै उनले समन्वय गरेर जानुपर्ने ठाउँमा प्रहरीले द्वन्द्व गरेको आरोप लगाए ।

विमानस्थलमा स्रोत र सधान कमजोर छः पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रविधियुक्त स्रोतको अभावले सुनको तस्करी हुने गरेको देखिएको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले बताए ।

विमानस्थलमा भएका एक्सरे मशिन लगायतका सामानहरू पुरानो भएकाले तस्करहरूले फाइदा उठाएको देखिन्छ ।

त्यसका साथै विमानस्थलको सुरक्षामा खटिएका अधिकारी र भन्सार विभागका कर्मचारीको आन्तरिक द्वन्द्वका कारण पनि समस्या निम्तिने गरेको पूर्व डीआईजी ठकुरीले बताए ।

‘हाम्रो एयरपोर्टमा स्रोत साधनको अभाव, आन्तरिक द्वन्द्व र सरकारी पोलिसीले गर्दा तस्करहरूले फाइदा उठाएको देखिन्छ,’ ठकुरीले लोकान्तरसँग भने ।

कर्मचारीहरूले खराब नियत राखेर मिलेमतो गर्ने गरेकाले पनि तस्करीको सुन पास हुने गरेको उनको भनाइ छ ।

त्यसका अतिरिक्त नेपालमा सुनको माग र आपूर्तिको अन्तरले गर्दा समेत सुन तस्करीलाई प्रोत्साहन मिलेको ठकुरीले बताए ।

हवाई मार्ग प्रयोग गरेर हुने तस्करीलाई नियन्त्रण गर्नका लागि कर्मचारीहरूमाथि निरन्तर निगरानी र नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x