२८ असार २०८३, आइतबार

नर्भिकले ल्यायो तिज अफरः हेल्थ प्याकेजमा भारी छुट

नर्भिकले ल्यायो तिज अफरः हेल्थ प्याकेजमा भारी छुट

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरूमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो ।

यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज रु. ६ हजार ६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । 

यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ । यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९ हजार ९९९ रुपैयाँमै खरीद गर्न सकिनेछ । 

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७ हजार ७७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्