×

NMB BANK
NIC ASIA

मिटरब्याजबारे कार्यदलद्वारा पीडितसँग छलफल, समस्या सुनेर कार्यदल सदस्यहरू चकित

भदौ ११, २०७९

NTC
Premier Steels

‘ऋण लिएको भन्दा पाँच गुणा बढी साँवा ब्याजसहित साहुलाई चुक्ता गरे पनि धितोमा राखिएको जग्गा फिर्ता नपाएको’, धनुषाको बटेश्वर गाउँपालिका–२ का रामवृक्ष महराले दुखेसो पोखिरहँदा गृहमन्त्रालयबाट आएको टोलीका सदस्य आश्चर्यमा परे । 

Muktinath Bank

गृह मन्त्रालयद्वारा गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले शनिवार जनकपुरधाममा आयोजना गरेको धनुषाका मिटरब्याजी पीडित तथा जनप्रतिनिधिलगायतसँग छलफल कार्यक्रममा पीडित महराले जग्गा फिर्ता गर्न साहुुलाई आग्रह गर्दा उल्टै विभिन्न किसिमको धम्की दिइरहेको दुखेसो पोखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थानीय साहुसँग विसं २०६९ मा लिएको रु एक लाख ७५ हजार ऋणबापत आफ्नो नाममा भएको जग्गा साहुको नाममा दर्ता गर्नुप¥यो’, उनले भने, ‘त्यसबाहेक साहुले रु छ लाखको तमसुकसमेत गरायो ।’ पटकपटक गरी साहुको रकम रु छ लाख तिरे पनि जग्गा फिर्ता गर्न नमानिरहेको र उल्टै धम्की दिएको उनको गुनासो थियो । 


Advertisment
Nabil box
Kumari

‘जनकपुरमा जग्गा किन्न लाग्दा चिनजानका साहुसँग २०७३ साल पुस ८ गते रु २५ लाख ऋण लिएँ, त्यसका लागि श्रीमतीको नाममा रहेको आठ कट्ठा जग्गा उहाँको नाममा मैले दर्ता गर्नुप¥यो’, मिथिला नगरपालिका–१ ढल्केबरका सुबोध साहुले भने,  ‘यसबाहेक उहाँले मसँग रु ३०/३० लाखका दुई वटा तमसुक कागजमा सही छाप गरायो, त्यसको एक वर्षपछि मैले आफ्नो नाम रहेको जग्गा बिक्री गरेर रु २२ लाख उहाँलाई फिर्ता गरे, बाँकी रहेको ऋणबापत पुरानो तमसुक च्यातेर पुनः अर्काे रु ३५/३५ लाखको अर्काे तमसुक उहाँले मसँग गराउनुभयो ।’

Vianet communication

त्यसयता पटकपटक जग्गा बिक्री गरेर ऋण चुक्ता गरे पनि धितोमा राखेको जग्गा फिर्ता गर्न साहुले थप रु १५ लाख मागिरहेको उनले बताए । छलफलमा क्रममा पीडितले साहुसँग लिएको ऋण ब्याजसहित फिर्ता गरे पनि धितोमा राखेको जग्गा फिर्ता नभएको, ऋण लिएको भन्दा पाँच गुणा बढीको तमसुक गराएको, साहुुहरुबाट उठीबास हुनेसम्मको अवस्था आएकोलगायतका दुखेसो पोखेका थिए । पीडितको दुखेसो सुनेपछि मन्त्रालयका सहसचिव तथा कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले पीडितको दुखेसो सुनेर आफूहरुलाई दुखित तुल्याएको बताए । 

‘हामीले मिटरब्याजीको समस्या यस्तोसम्म होला भन्ने सोचेको पनि थिएनौँ’, उनले भने, ‘तर यहाँ पीडितको कुरा सुन्दा वास्तवमा आफूलाई दुखित बनाएको छ, आश्चर्यमा परेका छौँ, यसलाई हामीले गम्भीररुपमा लिएका छौँ, यही तथ्य र वस्तुस्थितिका आधारमा हामीले सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।’

मिटरब्याजीविरुद्ध उजुरी दिने कुनै समय सीमा नरहेको जनाउँदै उनले पीडितले जहिले पनि निवेदन दिनसक्ने र त्यसको अनुसन्धान गर्न सकिने सहसचिव भुसालले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले जिल्लामा मिटरब्याजीबाट पीडितका १ सय ९२ उजुरी दर्ता भएका र त्यसमा आवश्यक अनुसन्धान भइरहेको बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x