×

NMB BANK
NIC ASIA

यसवर्षका तीज गीतः सबैलाई उछिन्दै ‘झमझम झम्काना’ सर्वाधिक हिट

भदौ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आज हरितालिका तीज । हिन्दू नेपाली महिलाहरूले हर्षोल्लासका साथ तीज मनाउँदैछन् । तीज र संगीतबीच धेरै पहिलेदेखि विशेष साइनो छ । तीजमा गीतमार्फत महिलाहरूले आफ्ना पीडा एवं भावनाहरू अभिव्यक्त गर्दै आईरहेका छन् । 

Muktinath Bank

समयसँगै पछिल्ला वर्ष तीज गीतको शब्द, शैलीहरू भने फेरिँदै गएका छन् । यद्यपि, हरेक वर्ष दर्जनौं तीज गीतहरू सार्वजनिक हुँदै आएका छन् । गतवर्ष ‘चरी जेलैमा’, ‘कुरा बुझ्न पर्च’जस्ता तीज गीतहरू निकै हिट भएका थिए । यसवर्ष सार्वजनिक तीज गीतहरू विगतमा जस्तो हिट हुन भने सकेनन् । यद्यपि, केही गीतहरूले भने युट्युबमा राम्रो भ्युज पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसवर्ष सार्वजनिक भएकामध्ये ‘झमझम झम्काना’ सर्वाधिक हिट सावित भएको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतले तीजको दिनसम्म युट्युबमा १ करोड ६० लाख भ्युज पाएको छ । युट्युबमा १ करोडभन्दा बढी भ्युज पाउने यसवर्षको एकमात्र तीज गीत बनेको छ, ‘झमझम झम्काना’ ।


Advertisment
Nabil box
Kumari

पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘छन त मै राम्रो छैन’ बोलको तीज गीतले युट्युबमा ७३ लाख बढी भ्युज पाएको छ । गतवर्ष सर्वाधिक हिट तीज गीत दिएकी विष्णु माझीको यसवर्ष सार्वजनिक ‘चरी जेलैमा २’ भने भ्युजको हिसाबले तेस्रो नम्बरमा रहेको छ । यो गीतले युट्युबमा ७२ लाख भ्युज पाएको छ । 

Vianet communication
Laxmi Bank

‘पाउमा पाउजु छैन बरिलै’ बोलको तीज गीतले युट्युबमा ६९ लाख भ्युज पाएको छ । यो चलचित्र ‘राधा’मा समावेश गीत हो । 

सज्जा चौलागाईँ र स्वस्तिका ढकालको स्वर रहेको गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठ प्रस्तुत छन् । 

सूर्य खड्का र रचना रिमालको स्वर रहेको तीजलक्षित गीत ‘ढुंगेधारा’ले युट्युबमा ४९ लाख बढी भ्युज पाएको छ । यी बाहेक अन्य केही गीतहरूले समेत युट्युबमा राम्रो भ्युज पाएका छन् । तर, धेरै तीज गीतहरू अपेक्षित चल्न सकेनन् । कतिपय मौलिक तीज गीतहरूले समेत युट्युबमा भ्युजको खडेरी सामना गर्नुपरेको देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x