×

NMB BANK
Dabur

राममणि दीक्षितले लेखेको एउटा कवितामा 'यो खर्पने र डोकेको देश हो । यी तिघ्रे, पर्वते, ढाक्रे र स्वाँठेहरूलाई कहिल्यै सभ्य नबनाउनू, मन्त्रीमण्डलमा पनि समावेश नगराउनू, किनकी यिनीहरू जान्ने भए भने हाम्रो सिरिखुरी हराउँछ' भन्ने भाव व्यक्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनका कवितामा मंगोलीयन अनुहार भएका मनुष्यहरू पाखे हुन्छन्, लवाइखवाइ गर्न जान्दैनन्, बोलीवचन पनि सभ्य, संस्कारी हुँदैन, यिनीहरूको औकात गोठालो लाग्ने, डोली बोक्ने, ढुंगा बोक्ने, हली बस्ने, ढाक्रेको काम गर्ने मात्रै हो भन्ने आशय पाइन्छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै उनी नीति निर्माणको तहमा यस्ता खर्पनेहरू पुगे भने देशको अस्तित्व समाप्त हुन्छ, र हाम्रो प्रभुत्व सकिन्छ भन्ने खालको भ्रमद्वारा प्रभावित भएको देखिन्छ। 


Advertisment
SBL

यो प्रसंग यहाँ उल्लेख गर्न उचित थियो कि थिएन भगवान् जानुन्, तर हिजोमात्रै उपाध्याय थरका एकजना पूर्व सरकारी  इञ्जिनीयरले कवि दीक्षितकै झल्को दिनेगरी सामाजिक सञ्जालमा निकै हेपाहा प्रवृत्तिको विचार लेखे । 

Vianet communication
Laxmi Bank

उनको भनाइ थियो, 'मेयरको कुर्सी र एसी भएको कोठामा बस्ने त्यो हर्के (हर्क साम्पङ)को हैसियत नै छैन। त्यसलाई जंगलबाट ल्याएको हो । हाम्रो  पुर्खाले लाठी नै लाठीले हानेर तह लगाएको हो ।' 

झट्ट हेर्दा, सुन्दा यो कुरा सामान्य नै लाग्ला तर यो निकै गम्भीर विषय हो। जनताले अत्यधिक बहुमतका साथ जिताएको एकजना मेयरका सम्बन्धमा  ढुंगा बोक्ने कामबाहेक अरू नजानेको, संगुरको मासु खाने भएकाले बुद्धिविवेक हराएको, गिदीमा 'टेपवर्म' भएको, घ्याम्पोको भाँडा सिरानीमा राखेर सुत्ने भएकाले त्यसको रगतको नसामा पनि रक्सी भएको जस्ता कैयौं अवैज्ञानिक, रंगभेदी तथा पूर्वाग्रही टिप्पणी गरिएको छ ।

जनजातिको क्षमतालाई मात्रै हैन, बेलीचाली, खानपिन, लुगाफाटो, संस्कृति र परम्परालाई हेर्ने दृष्टिकोण पनि विभेदकारी थियो। त्यही विभेदको पहाडभित्र उक्लिएर चिप्लिएका छन्, हर्क साम्पाङ । बोलीमा भाँती पुर्‍याउन नजान्दा, ठाडो पारा देखाउँदा यिनलाई खेदो खन्न थालिएको छ।

शायद उपाध्यायजीले जातीय राष्ट्रवाद देखाउन खोजेका होलान्। र, आफ्ना भर्चुअल समर्थकहरूको आडमा वाहवाही बटुल्न चाहेका होलान्। त्यो उनको इच्छाको विषय हो। तर जतिसुकै पढेलेखेको मान्छे भएपनि आफू उच्च जातको प्रतिनिधित्व गर्छु भन्ने ब्रम्हमा लागेपछि उसले आफ्नो चेतनालाई नै भुल्दो रहेछ ।

बंगुरको मासुमा टेपवर्म हुन्छ अरे ! मानौं खसीको मासुमा अमृत हुन्छ। खसीको मासुको चोक्टाचोक्टामा जीवनबुटीको मिश्रण हुन्छ। के खसीको मासुमा पशुजन्य रोग हुँदैन ? के खसीको मासुमा रेबिज हुँदैन ? के खसीको मासुमा लिस्टेरोसिस हुँदैन ? के खसीको मासुमा क्याम्पाइलोब्याक्ट्रियोसिस हुँदैन? 

उनको विचारमा एकजना समर्थकले लेखेका छन्, 'हो त सर, यी मुलाहरूलाई भोट दिएर जिताएर के गर्ने ? चिम्सेहरूलाई गतिलो बोल्नै आउँदैन।यस्ताको पछाडि लागेर देश कहिले उँभो लाग्छ ? रातभरि रक्सी धोकेर बस्छ होला, दिमागको नशामा त्यही रक्सी बग्छ होला ।'

उनको यस्तो  घृणित जातिवादी मनोविज्ञानसँग सहमति जनाउनेहरू  कैयौं थिए।

के चिम्सेहरूलाई राम्रो बोल्नै आउँदैन? मेरो आँखा अस्वाभाविक रूपमा  झिम्कियो ।आफ्नो मुख दराजको ऐनातिर सोझ्याएर बोल्ने प्रयास गरें। बलिउड फिल्मको हिरोले स्क्रिप्ट प्राक्टिस गरेजस्तो राम्रो बोल्ने प्राक्टिस गरें।र भनें, 'आइबक्सियोस् न हजुर, भुजा ज्युनार गरिबक्स्यो कि नाईं ? कृपा गरेर मलाई भनिस्यो न हजुर।' 

यसरी राम्रो बोल्ने अभ्यासमा पोख्त नहुँदा किनारामा पारिएका वर्ग समुदायले क्रमिक विकासको सिद्धान्तअनुरूप समेत आफूलाई विकास गर्न पाएनन्। २१औं शताब्दीमा पनि जनजातिहरूको क्षमता, अध्ययन र ज्ञानलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ। विभिन्न कालखण्डमा जनजातिहरूले संघर्ष गरेर राजनीतिक क्रान्ति त गरे तर जनताजिलाई पनि समान मानवका रूपमा हेर्ने दृष्टिकोण नै विकास हुन सकेन ।

जनजातिको क्षमतालाई मात्रै हैन, बेलीचाली, खानपिन, लुगाफाटो, संस्कृति र परम्परालाई हेर्ने दृष्टिकोण पनि विभेदकारी थियो। त्यही विभेदको पहाडभित्र उक्लिएर चिप्लिएका छन्, हर्क साम्पाङ । बोलीमा भाँती पुर्‍याउन नजान्दा, ठाडो पारा देखाउँदा यिनलाई खेदो खन्न थालिएको छ। ढुंगा त बोकिरहेका छन्, तर खर्पनेलाई मेयर बनाएका कारण ढुंगा बोक्यो भनेर खिस्सी गर्नेहरू धेरै छन्। 

डोजरमा प्रशंसा मात्रै भइरहेको छ, किनकी डोजर यस्तो जिनिस हो जसलाई कतै पार्क गरेर राखे पनि हेर्नेहरूको भीड लाग्छ। हाम्रो गाउँमा डोजर पुग्दा सिंगो गाउँ उल्टिएर पञ्चेबाजा बजाएको थियो। स्वागतमा मान्छेहरू नाँचेका थिए। काठमाडौंमा डोजर आतंक भइरहेको छ। र, मान्छेहरू खुशियाली प्रकट गरेर नाँचिरहेकै छन्।  तर यन्त्रका कारण शर्मजीविको काम खोसिएको बखतमा हर्कले श्रमदानको कुरा गरेका छन्।  

ढुंगा त टिप्परले पनि बोक्न सक्छ, सर्दु खोलामा पनि बालुवा निकाल्न डोजर पुग्न सक्छ । तर त्यो समस्याको समाधान हैन। मुख्य कुरा जनतामा जागरण ल्याउने हो। र, त्यो जागरण यान्त्रिक प्रयोगले हुँदैन ।  

लोकतन्त्रमा जनताले जतिसुकै अपराध गरे पनि उसको नैतिक गरिमा भन्ने केही जिच हुन्छ र राज्यले त्यसको प्रत्याभूति गर्नुपर्छ भन्ने कुरा । डोजरले भत्काएका छाप्रोभित्रका व्यापारीको सामाजिक सुरक्षाको कुरा गर्दा हर्कमाथि साइबर आक्रमण भइरहेको छ। 

गणतन्त्र घोषणापश्चात मात्रै  समावेशिताको प्रश्न उठ्यो । त्यसपछि बल्ल राजकाजमा स्वाँठे, तिघ्रे, पाखे, खर्पने, डोके, मतवाली भनिएकाहरू  सहभागी हुन थालेका छन्। प्रेम आले भन्ने मनुष्य पनि मन्त्री भएका थिए। तिनलाई पनि दशा लागेको रहेछ। तिनले धेरै रेकर्डेड अपशब्द बोले। वनमन्त्रीको रूपमा तिनले जे जस्ता हर्कत देखाए, त्यो सही थियो भन्न खोजेको हैन, तर मगरको छोरो मन्त्री भइसकेपछि त्यस्तो बोल्नुहुँदैन भनेर तिनलाई सिकाउने कोही भएन ।

आफूलाई असहयोग गर्नेलाई बेस्सरी थर्काउनुपर्छ । गाली दिनुपर्छ । चर्को स्वरमा अश्लील बोल्नुपर्छ भन्ने तिनलाई लाग्यो, किनकी तिनले त्यही सिके। संसारभरी विभेद, बहिष्करणमा  परेका सबै मान्छले सिक्ने यस्तै नै हो। अंग्रेजीमा एउटा कथन छ- 'People learn abusive acts  also from structural inequities throughout our society.' (समाजमा विद्यमान संरचनागत विशमताका कारण पनि मानिसहरूले दुर्व्यवहार गर्न सिक्छन् ।)

जस्तो कि गोराहरूले कालो रंगका मानिसहरू धेरै झगडा गर्छन्, असभ्य छन्, चर्को बोल्छन्, लुटपाट गर्छन्, आपराधिक मानसिकताका हुन्छन्  भन्ने आरोप लगाउँछन्। तर तिनीहरूलाई आफूहरूले सयौँ वर्षसम्म मानव दास बनाएको हो भन्ने कुरा बिर्सिन्छन्। शायद गोराका पुर्खाहरूको जस्तै शिक्षा र समाज विकासमा कालाहरूको समान प्रतिनिधित्व भएको भए आज कसैले सडक किनारमा पल्टिएर 'I can’t breath' (मैले सास फेर्न सकिनँ) भन्नु पर्दैनथ्यो कि ?  

प्रसंग बदलौं । एकजना मगर बाजेले सानोमा हामीलाई भन्नुहुन्थ्यो, 'समाजमा काम फुत्काउनु छ भने मसिनो तरिकाले बोल्नू, ठाडो कुरा नगर्नू,  ऊ हेर बाहुनका छोराछोरीहरू कति मीठो गरेर बोल्छन्, कसैलाई नराम्रो भन्दैनन्, मुखमुखै पनि लाग्दैनन् ।'

हाम्रो समुदायमा राम्रो कुराको उदाहरण दिनुपर्दा बाहुन परिवारको नाम लिने गरिन्थ्यो । 

त्यही भएर पनि होला मेरा बाहुन साथीहरू धेरै छन्। र, तिनीहरूले मलाई पनि आफूजस्तै राम्रो बनाइसकेका छन् । बाहुनको संगत गर्दा मलाई घाटा लागेको छैन। एकपटक त्रिभुवन युनिभर्सिटीका एक जना भण्डारी थरका  प्राघ्यापकसँग बानेश्वरमा चिया पिउने मौका मिलेको थियो। तिनले मलाई 'मगरको छोरा भएर पनि कस्तो बाहुनले भन्दा मीठो कुरा गरेको' भनेका थिए । मैले मीठो कुरा गरें कि गरिनँ थाहा छैन, तर एक मिनेटमा २० पटक 'हजुर सर' भनेको थिएँ । 

नमीठो कुरा कस्तो हुन्छ ? मीठो कुरा कस्तो हुन्छ ? यसबारे कुनै वैज्ञानिक तथ्य त फेला परेको छैन। तर चिप्लो घसेर बोलेको कुरा मीठो हुन्छ भन्ने आमप्रचलन छ। तर खै किन हो, हर्क साम्पाङले आफूलाई चिप्लो घसेर बोल्न आउँदैन भन्दै फेसबूक लाइभमै नानाथरी बकेका छन्। एकपटक त के ख्याँ…. सम्म भन्न भ्याए । 

हर्कका एकजना भुतपूर्व फ्यानले कमेन्ट गरेका थिए, 'यो हर्क त मदन राईजस्तै असभ्य रहेछ । यसको मोबाइल लुकाइदेऊ न कोही ।' 

स्कूलमा सरजीले पनि  भन्नुहुन्थ्यो, 'के हो बोल्न आउँदैन ? यही हो बोल्ने तरिका ? रेस्पेक्ट भन्ने थाहा छैन ? के सिकाउँछन् घरमा ? पढाइलेखाइ गर्नु छैन, फुर्ती मात्रै लगाउने ? बोल्न पनि राम्रोसँग आउँदैन, नेपाली हो कि हैन ? के हो यो टटमटटऽऽऽ भनेको ?  त्यसरी गाली खाएको दिनदेखि मलाई मीठो बोल्नुपर्छ भन्ने लाग्यो। र, रेडियो नेपालको नियमित श्रोता बन्न थालें। मीठो बोल्ने भनेको कोमल वलीले जस्तै बोल्ने होला भन्ने लाग्थ्यो। तर मरिकाटे तिनले जति मीठो बोल्न सकिनँ। 

भनिन्छ, यो पृथ्वीमा मनुष्यहरूले जान्नुपर्ने कुराहरू धेरै छन् । अहिले हामी बाँचिरहेको समय तीन आयामभित्र  हाम्रो  बाँया, दायाँ, अगाडि, पछाडि, माथि वा तल के-के छन्, त्यो सबै हामीलाई जान्नु छ। सोफिया ह्यूमनोयड रोबोटले प्रकृतिलाई जितेर कति मीठो बोल्न थालिन्, कृत्रिम बौद्धिकताको जमाना आइसक्यो। विडम्बना जनजातिहरू मान्छे नै हुन्, तर जनजातिहरूलाई त बोल्न पनि आउँदैन ।

जनजातिहरूलाई  बोल्नबाहेक अरू के–के आउँदैन होला ? आफैंले आफैंसँग प्रश्न गरें । हो मलाई त शुद्धसँग लेख्न पनि आउँदैन। शुद्धसँग लेख्न नजान्ने मान्छले के स्तम्भ लेखेको भनेर ट्विटरमा धेरैले नाम नै मेन्सन गरेर खिस्सी पनि गर्छन् । किन हो किन नेपाली व्याकरण सजिलो भएर पनि शुद्ध लेख्न निकै गाह्रो लाग्छ ।

मौखिकमा पनि कहिले काहीँ त लाई ट भन्छु। कहिले तिमीलाई टिमी भन्छु । आउँदैनलाई आम्डैन भन्छु। हालसालै एकजना कमेडियनले कमेडी गरेजस्तै मेरा थुप्रै लबजहरू कमेडी गर्न लायक छन्, किनकी मैले नेपाल देश भनेर थाहा पाउनुभन्दा पहिले 'मदर टङ'ले मसँग कमेडी गरिसकेको थियो ।

संसारमा प्रतिरोधको सबैभन्दा पुरानो अश्त्र भनेको गालीगलौज हो, जसले आफूलाई अपमान गर्छ त्यसलाई मुखभरीको गाली दिने चलन पहिलेदेखि नै चलेको हो । र्‍याप गीतमा पनि धेरै अश्लील शब्द सुनिन्छ, किनकी यो र्‍याप गीत अश्वेतहरूले आन्दोलनमा प्रतिरोध गर्न गाएका थिए।

धरानका मेयर हर्क साम्पाङलाई राम्रो काम गरे पनि बोल्न र लेख्न नजानेको, उग्र भएको जस्ता आरोप लाग्ने गरेका छन्। तर मलाई त हर्कले बोल्न, लेख्न नजानेको जस्तो लाग्दैन । किनकी वंशाणुगत मात्रै एउटा यस्तो गुण हो जस्लाई रक्सी चुरोट त्यागेजस्तो सजिलै त्याग्न मिल्दैन। प्राण नत्यागेसम्म वंशाणुगत गुण त्यागिँदैन । आक्रोशित हुने, झोक्किने, रन्किने, मेरै गोरुको बारै टक्का गर्ने बानी तत्कालै हट्दैन, किनकी यो उनको जिनमा आएको व्यवहार हो।

जनजातिहरूले ठाडो, रुखो बोल्नुमा मलाई केही कारण यस्ता छन् जस्तो लाग्छ । पहिलो त, लाहुरे परम्पराका कारण जनजातिको हरेक परिवारमा फौजी सदस्य भए। बाउबाजेले पेन्सन पाएपछि घरमा दादागिरि देखाउन थाले । समाजमा पनि तिनको शैली र संस्कारको हस्तक्षेप बढ्यो। फलना लाहुरे वा फलना लाहुरेको छोरा भनेपछि जे बोलेपनि, जसो गरेपनि गौरवको विषय बन्यो । धरान लाहुरेले बसालेको शहर हो। सुनिन्छ, हर्क साम्पाङ पनि बेलायती लाहुरेका छोरा हुन्। 

जब केही व्याक्ति सामुदायिक विभेदको शिकारमा पर्छ, तब जन्मिन्छ गालीगलौजको भाषा । संसारमा प्रतिरोधको सबैभन्दा पुरानो अश्त्र भनेको गालीगलौज हो, जसले आफूलाई अपमान गर्छ त्यसलाई मुखभरीको गाली दिने चलन पहिलेदेखि नै चलेको हो । र्‍याप गीतमा पनि धेरै अश्लील शब्द सुनिन्छ, किनकी यो र्‍याप गीत अश्वेतहरूले आन्दोलनमा प्रतिरोध गर्न गाएका थिए। नेताहरूलाई गाली गरेर त्यही प्रतिरोधका  अश्लील शब्द काठमाडौंका मेयर बालेन साहले पनि आफ्नो र्‍यापमा समेटेका छन् ।

धेरैलाई लागेको होला, हर्क साम्पाङ अश्लील रहेछ, असभ्य रहेछ। तर, मलाई त उनले खर्पने शैलीमा प्रतिरोध नै गरिरहेजस्तो लाग्छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x